हिँडिरहेकी महिलाको बिभत्स हत्या, देवर पक्राउ « Khabarhub

हिँडिरहेकी महिलाको बिभत्स हत्या, देवर पक्राउ


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अनामनगरमा एक महिलाको हत्या भएको छ । अनामनगरस्थित बुलबुले मार्गमा हिँडिरहेको महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।

यो घटना शनिबार साँझको हो । साँझ ७ बजेको समयमा बाटोमा हिँडिरहेकी ४८ वर्षीय रोशनी राजभण्डारीलाई फलामको रड प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । हत्याको अभियोगमा उनकै देवर पक्राउ परेका छन् ।

घटनाको अनुसन्धान भइरहेको जानकारी दिँदै महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी सुशील सिंह राठौंरले फलामको रड प्रहारबाट हत्या भएको पाइएको बताए ।

उनले भने, ‘महिला बाटोमा हिँडिरहेकी थिइन। त्यही समयमा आएर हानेको बुझिएको छ। थप अनुसन्धान गरिरहेका छौँ ।’

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार हत्या गरेपछि मृतकका देवर मोहनराज राजभण्डारी आफैँ प्रहरी कार्यालय पुगेका थिए ।

पहिलेदेखिनै देवर भाउजुबीच मनमुटाव भएकाले रिसइबीका कारण आवेगमा हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ३ : १७ बजे

हरिवंश स्टारर ‘भुठान’ प्राइम भिडियोमा

काठमाडौं – भुटानी शरणर्थीको कथामा बनेको वरिष्ठ कलाकार हरिवंश आचार्य

स्याङ्जामा तीन स्वतन्त्रसहित २८ जनाको उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि

१० गते ‘कुमारी’ टिमको कन्सर्ट भृकुटी मण्डपमा, ट्रेलर पनि सार्वजनिक गरिने

काठमाडौं – माघ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘कुमारी’को प्रचारको

डाभोसमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प–युरोप तनाव

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार युरोपेली नेताहरूसँगको सम्भावित

दमकमा युवादेखि वृद्धासम्मलाई भेट्न व्यस्त ओली

दमक– झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केपी शर्मा ओली दमकमा