शिक्षकलाई कोरोना देखिएपछि रत्नराज्य मावि बन्द « Khabarhub

शिक्षकलाई कोरोना देखिएपछि रत्नराज्य मावि बन्द


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षकलाई कोरोना संक्रमण देखिएपछि मध्यवानेश्वरको रत्नराज्य माध्यमिक विद्यालय बन्द भएको छ । संक्रमण फैलिन नदिन एक साता विद्यालय बन्द गरिएको हो ।

विद्यालयको बिहानी शैक्षिक सत्रका शिक्षकमा कारोना संक्रमण पुष्टि भएपछि आइतबार (आज) पहिलो पिरियड पढाएर एक हप्ताको लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक रामाशिष यादवले बताए ।

उनले भने, ‘एक जना शिक्षकमा कोरोना देखिएको छ । एक जनामा कोरोना देखिएपछि विद्यालय व्यवस्थापन समिति र प्रशासनको सल्लाहमा विद्यालय बन्द गर्ने निर्णय गर्‍यौँ । अरु शिक्षकको पनि पीसीआर गर्न पठाएका छौँ ।’

काठमाडौँ महानगरपालिकाले पनि वैशाख ३ गते सूचना जारी गरी कोरोना संक्रमण देखिएका विद्यालय कम्तिमा एक साताको लागि बन्द गर्न आग्रह गरेको थियो ।

महानगरले संक्रमण नदेखिएका विद्यालयमा स्वास्थ्य मापदण्डका नियम कडाईका साथ पालना गरी पठनपाठन गर्न भनेको छ ।

यसअघि प्रर्दशनी मार्गमा रहेको पद्मोदय माध्यामिक विद्यालय, नक्सालमा रहेको नन्दीरात्री माध्यमिक विद्यालय र चावहिलमा रहेको मित्र आधारभूत विद्यालयका शिक्षक तथा विद्यार्थीहरुमा संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यका तीन जिल्लासहित १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लाको सूचिमा राखेको छ ।

शनिबार मात्रै विद्यालय उमेर समूहका ८९ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जसमा ९ वर्ष मुनिका संक्रमित हुने बालबालिको संख्या १७ र १० वर्ष माथि तर १९ वर्षभन्दा कम उमेरका ७२ जना बालबालिकमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ३ : ४० बजे

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायताका लागि विवरण दर्ता क्रम जारी

काठमाडौं– पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको

धनुषा-१ मातृका यादव विजयी भएको विवरण आयोगले गर्‍यो वेबसाइटमा अपडेट

काठमाडौँ – निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ को प्रत्यक्ष

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय जना

ग्यास उद्योग परिसरमै उपभोक्ताको लाइन (तस्बिरहरू)

काठमाडौं– पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय विकसित अवस्थाका कारण पेट्रोलियम