काठमाडौँ उपत्यकाका विद्यालय बन्द गर्न प्रजिअहरुको सुझाव « Khabarhub

काठमाडौँ उपत्यकाका विद्यालय बन्द गर्न प्रजिअहरुको सुझाव


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–काठमाडौँ उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले कारोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाभित्रका सबै विद्यालय बन्द गर्न सुझाव दिएका छन् ।

पछिल्लो समय विद्यालय उमेर समूहका बालबालिकाहरुमा कोरोना भाइरसको संक्रमण बढ्दो दरमा देखिएको हुँदा केही दिन विद्यालय बन्द गर्नेुपर्ने उनीहरुले सुझाव दिएका हुन् ।

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को आइतबार बसेको बैठकमा काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रमुखहरुहरुले बालबालिकाहरुमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन केही दिन बिद्यालय बन्द नै गर्नुपर्नु सुझाव दिएका हुन् ।

बैठकमा बालबालिकाहरुमा कोरोना संक्रमण बढ्दै गएको, स्वास्थ्य जनसंख्या मन्त्रालयले पनि उपत्यकालाई अति प्रभावित जिल्लाको सूचीमा राखेका हुँदा केही दिन विद्यालय लगायत धेरै भिडभाड हुने स्थानहरु बन्द गर्ने विषयमा छलफल भएको काठमाडौँ जिल्ला प्रशासन कार्यालय प्रमुख कालिप्रसाद पराजुलीले बताए ।

उनले भने ‘कम्तिमा पनि दुई हप्ता विद्यालय बन्द गर्ने सुझाव दिएका छौँ ।’

त्यसपछि पनि संक्रमण कम नभए जोखिमको अवस्था हेरेर थप निर्णय लिनुपर्ने सुझाव आफूहरुले दिएको उनको भनाइ छ ।

शनिबार बसेको सीसीएमसी बैठकले पनि विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । विद्यालय बन्द गर्ने वा नगर्ने भन्ने विषयको कार्यान्वयन भने मन्त्रिपरिषद्ले गर्ने उनले बताए ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ७ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै