उपयोगी कागतीका यी फाइदा थाहा पाउनुहोस् « Khabarhub

उपयोगी कागतीका यी फाइदा थाहा पाउनुहोस्


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाना वा खाजामा कागती नखाने कमै मानिस होलान् । अधिकाशंलाई कागती यसको अमिलो स्वादका कारण मन पर्दछ । यस अलावा भिटामिन ’सी’ युक्त कागती स्वास्थ्यकालागि निकै उपयोगी छ ।

कागतीको सेवनले स्फुर्ती रोग निवारणमा मद्दत मिल्दछ । कागतीमा साइट्रिक अम्ल र प्राकृतिक लवण (पोटास र फस्फोरस) हुन्छ । यो लवण रगतको अम्लतालाई हटाउँदै क्षारत्व दिन्छ र रगत शुद्घ गर्छ ।

कागतीमा भिटामिन ’ए’ एक भाग भए भिटामी ’बी’ दुई भाग र भिटामिन ’सी’ तीन भाग हुन्छ । यसमा पोटासियम, फलाम, म्याग्नेसियम, सोडियम, तामा, फस्फोरस, क्लोरिनको साथै प्रोटिन बोसो र कार्बोज पनि पर्याप्त मात्रामा हुन्छ । साथै कागतीले शरीरमा रोग प्रतिरोधक क्षमता बढाउनुको साथै एन्टिआक्सिडेन्टको काम गर्छ र कोलेस्ट्रोल कम गर्छ ।

कागतीमा भएको भिटामिन ’सी’ र पोटेसियम घुलनशील हुन्छ जसले बढी मात्रामा यसको सेवन हुदाँ समेत नोक्सानी पु¥याउँदैन । रक्तअल्पता पीडितलाई समेत यसको सेवन फलदायी मानिन्छ । आयुर्वेद अनुसार कागती अपच एवं पेटको अन्य बिकारमा समेत उपयोगी मानिन्छ । यो स्कर्वी रोगको विशेष औषधि हो । स्कर्वी रोग भिटामिन ’सी’ को कमीले हुन्छ । कागतीमा भने भिटामिन ’सी’ प्रचुर हुन्छ ।

कागतीको उपयोग कब्जियत, रक्तचापको समस्या हटाउन सहयोगी हुन्छ । कागती छालाको रोग, गिजा सुन्निनु, घाँटीको खसखस, टन्सिल रोगमा समेत लाभप्रद मानिन्छ । यो आँखा, कान रोगमा समेत फाइदा गर्छ । मुखको घाउ, डन्डिफोर, घाउ, दाँत एवं छाला रोगमा फाइदाकारी मानिन्छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ११ : ४४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै