नुवाकोटमा निषेधाज्ञा १५ दिन थप « Khabarhub

नुवाकोटमा निषेधाज्ञा १५ दिन थप


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– कोरोना भाइरसको संक्रमणको जोखिम नियन्त्रणका लागि नुवाकोटमा लगाइएको निषेधाज्ञा आजदेखि पुनः १५ दिन थप गरिएको छ ।

गत वैशाख २१ देखि शुरु भएको निषेधाज्ञा दोस्रो पटक थप गरेर यही जेठ १८ गते राति १२ बजेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए ।

थप तीनको निधन

कोरोना संक्रमित भएर उपचाररत थप तीन जनाको त्रिशूली अस्पतालमा मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत सूर्यगढी गाउँपालिका–३ की ३१ वर्षीया र किस्पाङ गाउँपालिका–५ की ४२ वर्षीया महिलाको उपचारका क्रममा आज निधन भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार उनीहरु दुवैलाई अस्पतालको सघन उपचार कक्ष र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

यस्तै धादिङ, नीलकण्ठ नगरपालिका–११ का ५५ वर्षीय एक पुरुषको पनि उपचारका क्रममा गए राति निधन भएको छ । निधन भएका नुवाकोटका दुई जना आज थप भएसँगै जिल्लाभित्र कोरोनाका कारण ज्यान गुमाउने १२ र सक्रिय संक्रमित ८२१ जना छन् ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ९ : २९ बजे

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको

निरन्तर ओरालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते