माधव नेपालले भने : देवकोटा मेरै उम्मेदवार हुन्, अन्यथा गर्न मिल्दैन « Khabarhub

माधव नेपालले भने : देवकोटा मेरै उम्मेदवार हुन्, अन्यथा गर्न मिल्दैन


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता माधव नेपाल पक्षले वाग्मती प्रदेशतर्फका राष्ट्रिय सभा निर्वाचनका उम्मेद्वारलाई मत हाल्दा स्वविवेक प्रयोग गर्न मतदातालाई आग्रह गरेको छ ।

माधव नेपालको सचिवालयले आज एक विज्ञप्ति निकालेर राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार डा खिमलाल देवकोटालाई मत हाल्ने विषयमा मतदातालाई स्वविवेक प्रयोग गर्न भनेको हो ।

पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच सहमति बन्दै जाँदा आफ्नै पहलमा देवकोटालाई उम्मेदवार उठाएका नेपालले अहिले अन्यथा गर्न नसक्ने बताएका हुन् ।

आजै बागमती प्रदेशतर्फ राष्ट्रिय सभाका अर्का उम्मेदवार तथा गृहमन्त्री रामबहादुर थापा उपनिर्वाचनबारे छलफल गर्न नेपालनिवास कोटेश्वर पुगेका थिए । ६ गते हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न थापाले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाललाई आग्रह गरेका थिए।

नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार बनाएकाले अहिले अन्यथा गर्न नसक्ने स्पष्ट पारेका थिए ।

त्यसपछि थापाले नै मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गरेका सचिवालयले जारी गरेको सूचनामा जनाइएको छ । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति भएको र कतिपय स्थान एवं मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति नभएको पनि सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ८ : १५ बजे

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ – बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १