जनता समाजवादीका उदयपुर जिल्ला सदस्य चौधरी हतियारसहित पक्राउ « Khabarhub

जनता समाजवादीका उदयपुर जिल्ला सदस्य चौधरी हतियारसहित पक्राउ


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टीका उदयपुर जिल्ला समिति सदस्यलाई प्रहरीले हतियार (पेस्तोल)सहित पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जसपाका जिल्ला सदस्य प्रशुराम चौधरी छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी बेदप्रसाद गौतमका अनुसार उनलाई ‘मेड इन युएसए’ लेखिएको अटोमेटिक पेस्तोलसहित पक्राउ गरिएको हो ।

प्रशुराम युद्धकालमा माओवादी लडाकु हुन् । शान्ति प्रक्रिया शुरु भएसँगै उनी माओवादी केन्द्रको जिल्ला कमिटी सदस्यको रुपमा कार्यरत थिए ।

२०७७ माघबाट उनी जसपामा लागेका हुन् । यो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ७ : २१ बजे

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना