१० वर्षीया छोरीको बलात्कारपछि हत्या गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

१० वर्षीया छोरीको बलात्कारपछि हत्या गरेको आरोपमा एक जना पक्राउ


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – १० वर्षीया छोरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एकजना ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार लम्किचुहा नगरपालिका– २ की १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा उनका ५१ वर्षीय बुवा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार जेठ २७ गते दिउँसो घरमै मृत फेला परेकी ती बालिकाको दाहसंस्कार गर्ने तयारी गरिरहेको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लम्किबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट शव बरामद गरेको थियो ।

‘सेती प्रादेशिक अस्पतालमा शव पोस्टमार्टमका लागि पठाएको र घटना शंकास्पद देखिएकोले विभिन्न व्यक्तिहरूसँग सोधपुछ तथा अनुसन्धान गर्ने क्रममा उनकै बुवाले बलात्कारपछि हत्या गरेको खुलेको छ।

अहिले यो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ७ : ५५ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर