पेरुविरुद्ध ब्राजिलको सानदार जित « Khabarhub

पेरुविरुद्ध ब्राजिलको सानदार जित


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले लगातार दोस्रो जित हात पारेको छ।

आज बिहान सकिएको खेलमा आयोजक ब्राजिलले पेरुमाथि ४-० गोलको सानदान जित हात पार्‍यो । ब्राजिलको जितमा एलेक्स सान्द्रो, नेइमार, एभर्टन रिबेइरो र रिचार्लिसनले एक-एक गोल गरे।

खेलको १२ मिनेटमा ब्राजिलले अग्रता लिएको थियो। ब्राजिलका लागि एलेक्स सान्द्रोले पहिलो गोल गरे। सान्द्रोले गाब्रियल जेससले उपलब्ध गराएको पासमा गोल गरे।

लगत्तै फाबिन्होले पाएको अवसर खेर फालेका थिए। खेलको ६३ मिनेटमा रेफ्रीले ब्राजिललाई पेनाल्टी दिने निर्णय गरेका थिए। पेरुका तापइले नेइमारलाई लगाएपछि ब्राजिललाई पेनाल्टी दिइएको थियो।

तर रेफ्रीले सहायक रेफ्रीसँग छलफल गरेपछि भिएआरको सहायता लिने निर्णय गरे। भिएआरमार्फत पेनाल्टीको निर्णय उल्टाइएको थियो।

६८ मिनेटमा ब्रालिलले अग्रता दोब्बर पारे। नेइमारले डिबक्स बाहिरबाट सुन्दर गोल गरेका थिए।

फ्रेडले उपलब्ध गराएको पासमा नेइमारले २० यार्ड टाढाबाट आकर्षक गोल गरे। ७३ मिनेटमा नेइमारको प्रहारलाई पेरुका गोलकिपरले विफल पारेका थिए। ८५ मिनेटमा नेइमारको अर्को प्रहारमा फेरि पेरुका गोलकिपर बाधक बने।

खेलको ८९ मिनेटमा ब्राजिलले तेस्रो गोल गरे। रिचार्लीसनको पासमा एभर्टन रिबेइरोले गोल गरे। उनले ब्राजिलका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन्।

दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा रिचार्लीसनले ब्राजिलका लागि चौथो गोल गरे। फिर्मिनोको प्रहारलाई पेरुका गोलकिपरले फर्काएका थिए। रिबाउन्डमा रिचार्लीसनले गोल गरे।

समूह ‘बी’ मा लगातार दोस्रो खेलमा जित हात पारेसँगै ब्राजिलले ६ अंक जोडेको छ। दोस्रो स्थानको कोलम्बियाको ४ अंक छ।

शुक्रबारकै अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेले। यसअघि ब्राजिलले पहिलो खेलमा भेनेजुएलालाई ३-० गोलले हराएको थियो।

अब ब्राजिलले समूहको तेस्रो खेलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ९ : ५८ बजे

वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष

काठमाडौं – नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना

रसुवाको बाढी : १३६ घाइतेमध्ये ४८ उपचारपछि घर फर्किए

काठमाडाैं – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका

प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित