‘अला बैकुण्ठपुरमलो’को हिन्दी रिमेकमा मनीषा | Khabarhub Khabarhub

‘अला बैकुण्ठपुरमलो’को हिन्दी रिमेकमा मनीषा


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– बलिउडमा पछिल्लो दशकमा दक्षिण भारतीय फिल्मको रिमेक गर्ने क्रम बढ्दो छ । यही क्रमलाई निरन्तरता दिँदै एकता कपूर र रोहित धवनले तेलुगूको ब्लकबस्टर फिल्म ‘अला बैकुण्ठपुरमलो’को हिन्दी रिमेक अधिकार लिएका छन् ।

फिल्ममा कार्तिक आर्यन र कृति सेनन प्रमुख भूमिकामा हुनेछन् । यो जोडीले यसअघि ‘लुका छुपी’मा अभिनय गरिसकेका छन् ।

समाचारअनुसार कृतिले तेलुगू भर्सनमा अभिनेत्री पुजा हेड्जेको स्थानमा अभिनय गर्नेछिन् । जसका लागि उनी फाइनल भइसकेकी छन् ।

फिल्ममा कार्तिककाे आमाको भूमिकामा अभिनेत्री मनीषा कोइराला हुनेछिन् । यो भूमिकाका लागि अभिनेत्री तब्बुलाई प्रस्ताव राखिए पनि कार्तिक र तब्बुले यसअघि नै फिल्म ‘भूल भुलैया २’मा अभिनय गरेका कारण निर्माताहरु तब्बुबाहेकका अभिनेत्री राख्न चाहन्थे । अहिले यो भूमिका मनीषाको हातमा आएको छ ।

फिल्मका लागि मनीषाले सहमति जनाइसकेकी छन् । सुटिङमा जानुअघिको सम्पूर्ण तयारी पुरा भइसकेको छ । यसै वर्ष सुटिङमा जाने फिल्म सन् २०२२ मा रिलिज हुनेछ । निर्माताले प्रमुख चाडपर्वको मौका पारेर रिलिज गर्ने योजना बनाएका छन् ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ५ : ४५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज दल र जेनजीका प्रतिनिधिसहितको बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, दल र जेनजीका विभिन्न

नगरकोट प्रहरी प्रभागको नयाँ भवन सञ्चालनमा

काठमाडौं– प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन सञ्चालनमा आएको छ ।

बैतडीमा १८ जनामा डेङ्गी सङ्क्रमण

बैतडी– बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो तीन

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक १२ गते बुधबार ।

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर