‘अला बैकुण्ठपुरमलो’को हिन्दी रिमेकमा मनीषा « Khabarhub

‘अला बैकुण्ठपुरमलो’को हिन्दी रिमेकमा मनीषा


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– बलिउडमा पछिल्लो दशकमा दक्षिण भारतीय फिल्मको रिमेक गर्ने क्रम बढ्दो छ । यही क्रमलाई निरन्तरता दिँदै एकता कपूर र रोहित धवनले तेलुगूको ब्लकबस्टर फिल्म ‘अला बैकुण्ठपुरमलो’को हिन्दी रिमेक अधिकार लिएका छन् ।

फिल्ममा कार्तिक आर्यन र कृति सेनन प्रमुख भूमिकामा हुनेछन् । यो जोडीले यसअघि ‘लुका छुपी’मा अभिनय गरिसकेका छन् ।

समाचारअनुसार कृतिले तेलुगू भर्सनमा अभिनेत्री पुजा हेड्जेको स्थानमा अभिनय गर्नेछिन् । जसका लागि उनी फाइनल भइसकेकी छन् ।

फिल्ममा कार्तिककाे आमाको भूमिकामा अभिनेत्री मनीषा कोइराला हुनेछिन् । यो भूमिकाका लागि अभिनेत्री तब्बुलाई प्रस्ताव राखिए पनि कार्तिक र तब्बुले यसअघि नै फिल्म ‘भूल भुलैया २’मा अभिनय गरेका कारण निर्माताहरु तब्बुबाहेकका अभिनेत्री राख्न चाहन्थे । अहिले यो भूमिका मनीषाको हातमा आएको छ ।

फिल्मका लागि मनीषाले सहमति जनाइसकेकी छन् । सुटिङमा जानुअघिको सम्पूर्ण तयारी पुरा भइसकेको छ । यसै वर्ष सुटिङमा जाने फिल्म सन् २०२२ मा रिलिज हुनेछ । निर्माताले प्रमुख चाडपर्वको मौका पारेर रिलिज गर्ने योजना बनाएका छन् ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ५ : ४५ बजे

एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?

काठमाडौं- सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी

मत्स्यपालक किसानका समस्या समाधान गर्न छलफल

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले मत्स्य पालक किसानका

इस्लामावादमा उच्च सुरक्षा सतर्कता, इरान-अमेरिका वार्ता भोलि

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ

प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा कुन सांसदलाई कहाँ राखियो ?

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाका १० वटा