पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार हुँदै « Khabarhub

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार हुँदै


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

खनालको ज्वरो कम हुँदै गएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । उनले भने, ‘स्वास्थ्यमा सुधार आएको छ । ज्वरो नियन्त्रणमा आएको छ । चिकित्सकको उच्च निगरानीमा उपचार भइरहेको छ ।’

सामाजिक सञ्जालमा अनावश्यक भ्रम फैलाउने काम भएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य जस्तो गम्भीर विषयमा जथाभावी नबोल्न उनले आग्रह गरेका छन् । सामाजिक सञ्जालबाट गलत सन्देश प्रवाह गर्ने व्यक्तिलाई कारबाही गर्न पनि भट्टराईले माग गरेका छन् ।

बुबाको उपचारका लागि सँगै रहेका छोरा निर्भिक चित्रकार खनालले पनि स्वास्थ्यमा क्रमिक सुधार आएको जानकारी दिएका छन् । उनले चिकित्सकको उच्च निगरानीमा रहेको बताउँदै स्वास्थ्यमा सुधार भइरहेको बताए ।

नेता खनालको दिल्लीको एपोलो अस्पतालमा उपचार भइरहेको छ ।

एक हप्ताभन्दा बढी ज्वरो आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका खनालको चिकित्सकको सल्लाह अनुसार थप उपचार गर्न दिल्ली लगिएको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ९ : ११ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब