संघीय संसदको अधिवेशन आज, यस्तो छ सम्भावित कार्यसूची | Khabarhub Khabarhub

संघीय संसदको अधिवेशन आज, यस्तो छ सम्भावित कार्यसूची


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पनुर्स्थापित गरेपछि आज पहिलो प्रतिनिधिसभा बैठक बस्दैछ ।

सर्वोच्च अदालतको आदेशानुसार मन्त्रिपरिषदको सिफारिसले राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसदका दुबै सदनको अधिवेशन अपराह्न ४ बजेका लागि आह्वान गरेकी हुन् ।

पुनःस्थापित यस प्रतिनिधिसभाले नयाँ प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले विश्वासको मतसमेत लिनु पर्ने भएकाले धेरैको ध्यान अब संसदतिरै छ ।

असार २९ मा प्रधानमन्त्री देउवाले साउन २९ भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत लिन सके यही सरकारले बाँकी १७ महिनाको संसदको कार्यकाल पूरा गरेर चुनाव गराउनेछ भने विश्वासको मत प्राप्त गर्न नसकेको मुलुक अग्रिम चुनावमा जानेछ ।

यस्तो छ आजको सम्भावित कार्यसूची

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । यस्तै राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाइनेछ ।

यसअतिरिक्त सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।

शोक प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संघीय संसद्का महासचिव डाक्टर भरतराज गौतमले जानकारी दिए। अधिवेशनको प्रारम्भमा दलका नेताहरुले संसद बैठकलाई सम्बोधन गर्न सक्नेछन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ६ : ५५ बजे

गुन्डूमा सुरू भयो खादा-मालाको ‘उत्सव’

काठमाडौं- नयाँ पुस्ताको भावनालाई बुझ्न नसक्दा केपी शर्मा ओली नेतृत्वको

ओरालो लाग्यो नेप्से, १९३ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७.८९ अंकले घट्यो ।

आगजनीपछि अस्तव्यस्त सर्वोच्च अदालत (तस्बिरहरू)

काठमाडौं– त्रिपाल टाँगेर न्याय सम्पादन गरिरहेको सर्वोच्च अदालतमा आगोले खण्डर

युक्रेनमा आक्रमण जारी राख्नुबाहेक कुनै विकल्प छैन : रुस 

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई ‘कागजी बाघ’ भनेको दाबीलाई

चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं