प्रतिनिधिसभाको आजैको दोस्रो बैठकमा देउवाले विश्वासको मत लिने « Khabarhub

प्रतिनिधिसभाको आजैको दोस्रो बैठकमा देउवाले विश्वासको मत लिने


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् ।

संसदको आजै बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने सभामुख अग्नी सापकोटाले जानकारी दिए ।

संसद बैठक अघि सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले संसदको कार्यसूचीसमेत तय गरेको छ ।

संसदको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिन्छु भन्ने प्रस्ताव पेश हुने सभामुख सापकोटाले जानकारी दिए ।

त्यस्तै आजको पहिलो बैठक राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र बढेर सुनाउने, अध्यादेश पेश हुने र शोक प्रस्ताव पारित भएर समापन हुने र केहीबेरमा नै दोस्रो बैठक शुरू हुने सभामुख सापकोटाले बताए ।

सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अधिवेशन आइतबार ४ बजेदेखि शुरू हुँदैछ । करिब साढे तीन वर्ष सत्ता चलाएको एमाले सरकारबाट बहिर्गमनपछि प्रमुख प्रतिपक्षको हैसियतमा रहनेछ ।

सत्तामा कांग्रेस र माओवादी केन्द्र छन् । चालु अधिवेशनमै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भए पनि प्रधानमन्त्री देउवाले संसद्को पहिलो बैठकमै विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिन देउवालाई १३६ मत आवश्यक पर्छ । प्रतिनिधिसभामा कांग्रेसको ६१, माओवादी केन्द्रको ४८ (सभामुख बाहेक), एमालेको १२१ जसमा माधव नेपाल पक्ष–२३ , जसपा ३२ जसमा उपेन्द्र यादव पक्ष–१९ तथा जनमोर्चा, नेमकिपा र राप्रपाको एकएक मत छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १२ : ३६ बजे

कङ्गोमा इबोला सङ्क्रमण बढ्दै

एजेन्सी– डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा

एकतीस करोडभन्दा बढी राजस्व सङ्कलन

काँक्रेविहार– कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारी यातायात कार्यालयबाट चालु

प्रधानमन्त्री शाह काठमाडौं प्रस्थान

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ आएका

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी– कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई उत्पादनका आधारमा

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

एजेन्सी– पाकिस्तान र इरानले क्षेत्रीय शान्ति, संवाद र कूटनीतिमा आ–आफ्नो