सुदूरपश्चिमका शक्तिपीठमा दर्शनार्थीको घुइँचो « Khabarhub

सुदूरपश्चिमका शक्तिपीठमा दर्शनार्थीको घुइँचो


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– साउन महिना शुरुआत भएसँगै सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ । साउनलाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ भनिन्छ । देवीदेवता बैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यस महिनालाई कालो महिना भन्ने गरिएको पण्डित दयाकृष्ण पन्तले बताए ।

शयन गरेका बेला बत्ती बालेपछि देवीदेवताको रक्षा हुनाका साथै शत्रु नलाग्ने जनविश्वास रहिआएको छ । आजदेखि भक्तजनले बिहानै उठेर नुहाइधुवाइ गरी एक महिनासम्म व्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहिआएको छ । यस महिनाभरी मन्दिरमा राती जाग्राम बस्ने, भजनकीर्तन गर्ने र बत्ती बाल्ने चलन रहिआएको छ ।

बसाइँ सरेका गएकाहरु इष्टकुल देउताको मन्दिरसम्म धूप बत्ती गर्नका लागि आउन थालेका छन् । शक्तिपीठमा पूजाआजका लागि एक हप्ताअघिदेखि नै माछा, मासु, लसुन र प्याज नखाएर शुद्ध रहनुपर्ने परम्परा रहेको छ ।

‍बैतडीका सातबैनी भगवती र सातभाई केदार देवताका मन्दिर सहित जिल्लाका त्रिपुरासुन्दरी, निङ्गलाशैनी, डिलाशैनी, मेलौली भगवती मन्दिर, रौलाकेदार, सिगासधुरा दोगडाकेदार, उदयदेव मन्दिरमा भक्तजन दर्शनका लागि पुग्ने गरेका छन् ।

जिल्लाको सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिर, सिगास मन्दिर, दशरथचन्द नगरपालिकामा रहेको ग्वाल्लेक केदार, जगन्नाथ मन्दिर, ईश्वरी गङ्गाधाम, सिगास गाउँपालिकामा रहेको सिगास मन्दिर, शिवनाथमा रहेको शिवनाथ मन्दिर, दोगडाकेदारमा रहेको दोगडाधाम, देउलेक केदार, भिटाकेदार मन्दिरमा श्रावणको महिनाभरी दर्शनार्थीले दर्शन गर्न गर्दछन् । साउन महिना शुरु भएसँगै दोगडाधाममा भक्तजनको घुइँचो लागेको पण्डित गणेशदत्त भट्टले बताए । उनले भने, “साउन महिना शुरु भएयता दैनिक ३०० को हाराहारीमा दर्शनार्थी आउने गरेका छन् ।”

यस्तै हरियो महिनाका रुपमा चिनिने साउन महिनामा नारीले हरियो मेहन्दी, चुरापोते र सारी लगाएर मनाउने गर्दछन् । साउन महिनाभरी सोमबारे बत्र बसेर शिवालयमा पूजाआजा गरेमा अविवाहित नारीले शिव जस्तै पति पाउने र विवाहित नारीको श्रीमान्को आयु बढ्ने जनविश्वास रहिआएको छ ।

त्यस्तै साउनमा खिर पकाएर खाने तथा पराइघर गएका चेलीबेटीलाई मीठा खाद्यान्न परिकार पकाएर दिने गरिन्छ । यससँगै साउनको महिनादेखि चाडपर्व शुरु भएकोसमेत मानिन्छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  २ : ४२ बजे

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा