एमाले सांसद भीम रावलले दिए पदबाट राजीनामा « Khabarhub

एमाले सांसद भीम रावलले दिए पदबाट राजीनामा


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रिया हुनैलाग्दा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेता रावलले पदबाट राजीनामा दिएका हुन् ।

सभामुखलाई सम्बोधन गर्दै नेता रावलले भनेका छन्, ‘अनैतिक राजनीतिक तथा देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट हलग हुनु श्रेयस्कर भएकाले त्यसप्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएको छु ।’

‘नेपालको स्वाधिनता, अखण्डताका लागि लडेको थिएँ । आज नेपाल र नेपालीको शीर निँहुरिएको छ । चरम सत्ता र पद लिप्साका लागि अनैतिक चरित्रको घृणित अभ्यास भएको छ । तिनलाई रोक्नका लागि राजनीतिककर्मीको हैसियतले मैले धेरै मेहनत गरेँ । तर उच्च राजनीतिक नेतृत्वमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति स्वेच्छाचारी व्यवहार, तथा देश, जनता र पार्टीको हितभन्दा नीति स्वार्थ अहं प्रतिषोध र षड्यन्त्रकारी चरित्र एवं कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जुनसुकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ ।’ उनले लेखेका छन्, ‘यस्तो स्थितिमा अनैतिक राजनीतिक तथा देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट हलग हुनु श्रेयस्कर भएकाले त्यसप्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएको छु ।’

यस्तो छ राजीनामाको पत्र

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ४ : ३७ बजे

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा