काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।
प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र नै पठाएर विश्वासको मत दिन आग्रह गरेका थिए । देउवाको पत्रपछि बसेको ठाकुर पक्षको बैठकले विश्वासको मत दिने निर्णय गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए ।
जसपाको उपेन्द्र यादव पक्षले यसअघि नै देउवालाई मत दिने निर्णय गरिसकेको छ । ठाकुर र यादव दुवै पक्षले विश्वासको मत दिने भएपछि प्रधानमन्त्री देउवाले जसपाबाट ३२ सांसदको समर्थन पाउने भएका छन् ।
प्रतिक्रिया