एमाले जिउमा लागेको धुलो टकटक्याउँदै उठ्नेछ : राष्ट्रिय सभा सदस्य प्याकुरेल « Khabarhub

एमाले जिउमा लागेको धुलो टकटक्याउँदै उठ्नेछ : राष्ट्रिय सभा सदस्य प्याकुरेल


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता सुमनराज प्याकुरेलले सर्वोच्च अदालतले संसदको विशेषाधिकार खोसेको आरोप लगाएका छन् । जनादेशबाट बनेको सरकारलाई परामादेशबाट परिवर्तन गर्दै सर्वोच्च अदालतले संविधानको मुल मर्ममाथि नै प्रहार गरेको प्याकुरेलको आरोप थियो ।

नवौं अधिवेशनको पहिलो दिन आइतबार राष्ट्रिय सभामा सम्बोधन गर्दै एमाले दलका नेता प्याकुरेलले प्रधानमन्त्री चयन गर्ने संसदको विशेषाधिकार समेत सर्वोच्चले अपहरण गरेको आरोप लगाए । संसद अधिवेशन बोलाउने सरकारको संवैधानिक व्यवस्थालाई संशोधन गर्दै सर्वोच्चले निर्दलीय व्यवस्थाको बिजारोपण गरेको प्याकुरेलको तर्क थियो ।

‘सर्वोच्चको फैसलाले सुधारिएको पञ्चायती व्यवस्थाको बिजारोपण गरेको छ’, उनले भने ।

सर्वोच्चको निर्णयप्रति असन्तुष्टि भएपनि विधिको शासन र कानुनी राज्यको सम्मान गर्दै अघि बढ्ने बताउँदै प्याकुरेलले एमाले शरीरमा लागेको धुलो टकटक्याउँदै चाँडै उठ्ने विश्वास व्यक्त गरे । नेपालका कम्युनिष्ट दलहरु तत्काल सचेत नभए अहिले लागेको कालो बादलले सवैलाई बरबाद पार्ने उनको दाबी थियो ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता दिनानाथ शर्माले सर्वोच्च अदालतले संविधानको रक्षा गरेको तर्क गरे । दुई पटकसम्म विघटित प्रतिनिधि सभा पुनर्स्थापित हुनु ऐतिहासिक उपलब्धि भएको बताउँदै उनले संविधानको रक्षाका लागि दलीय एकता र सहकार्यमा जोड दिए । नेता शर्माले कोरोना भाइरसबिरुद्धको खोपको उपलब्धता, भ्रष्टाचार नियन्त्रण, सामाजिक सुरक्षा सरकारको प्राथमिकता हुनुपर्ने भन्दै ध्यानाकर्षण गराए ।

नेपाली कांग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारीले समग्र नेपाल र नेपालीको साझा दस्तावेज रहेको संविधानको रक्षा गर्नु सबैको दायित्व भएको बताउँदै दलीय एकतामा जोड दिए ।

जनता समाजवादी पार्टीका नेता शेखरकुमार सिंहले मधेशप्रति सरकारको नजर परिवर्तन हुनु आवश्यक रहेको बताउँदै विगतका सम्झौताले मान्यता पाए आगामी दिनमा सरकारसँग सहकार्य गर्न सकिने बताए ।

जसपाकी प्रमिला कुमारीले कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चा बीचको गठबन्धनलाई निरन्तरताको शुभकामना दिएकी थिइन् ।

राष्ट्रिय सभाको अर्को बैठक साउन ७ गते बिहीबार दिउँसो एक बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ६ : ३१ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ