कर्णाली प्रदेशले बढायो बजेट खर्च « Khabarhub

कर्णाली प्रदेशले बढायो बजेट खर्च


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजित बजेटको ६५ प्रतिशत खर्च गरेको जनाएको छ ।

कोरोना महामारीबीच पनि प्रदेश सरकारले विनियोजित बजेटमध्ये पूँजीगततर्फ ७०.६३ र चालूतर्फ ५७.८७ प्रतिशत खर्च गरेको हो । जुन अघिल्ला तीन आर्थिक वर्षको तुलनामा धेरै हो ।

गत आर्थिक वर्षमा प्रदेश सरकारले ल्याएको कूल बजेट रु ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजारमध्ये पूँजीगततर्फ १९ अर्ब छ करोड ९१ लाख तथा चालुतर्फ रु १४ अर्ब ६७ करोड २२ लाख विनियोजन गरेको थियो । प्रदेश सरकारले आर्थिक वर्ष २०७४/०७५ मा ७.४२, २०७५/०७६ मा ३५.३७ र २०७६/०७७ मा ४९.१४ प्रतिशत खर्च गरेको थियो ।

प्रदेश लेखा नियन्त्रक कार्यालयले २०७६/०७७ वर्षभन्दा गत आव २०७७/७८ मा ३२.४४ प्रतिशत बजेट खर्च बढी भएको जनाएको छ । प्रदेश सरकारले गत आवमा ८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य लिएको थियो ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश व्यवस्थापिकाले शतप्रतिशत बजेट खर्च गरेको छ । त्यस्तै प्रदेश लोकसेवा आयोगले ३२.८७, मुख्य न्यायाधिवक्ताको कार्यालयले ९५.४९, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ७१.५२, प्रदेश योजना आयोगले ४५.९६, स्थानीय तहले ८७ प्रतिशत खर्च गरेका छन् ।

मन्त्रालयहरुमा सबैभन्दा बढी खर्च भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गरेको छ । उक्त मन्त्रालयले ८२, उद्योग, पर्यटन, वन तथा वातावरण र आन्तरिक मामिला तथा कानूनले ६८, भौतिक पूर्वाधार विकास मन्त्रालयले ६२, सामाजिक विकास मन्त्रालयले ६६ प्रतिशत बजेट खर्च गरेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले अर्थ विविध र वित्तीय व्यवस्थाबाहेक ९.७३ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ६ : ४७ बजे

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि