सर्वोच्चले प्रतिनिधिसभालाई अकाल मृत्युबाट बचाएको हो : प्रचण्ड | Khabarhub Khabarhub

सर्वोच्चले प्रतिनिधिसभालाई अकाल मृत्युबाट बचाएको हो : प्रचण्ड


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गरेर अकाल मृत्युबाट बचाएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

‘माओवादीले लोकतन्त्रको पक्ष लिनु हुन्न भन्न खोजेको हो ?’ प्रतिपक्षी दलप्रति खनिएका उनले प्रश्न गरे, ‘प्रतिनिधिसभा पुनर्स्थापना हुँदा निर्दलीय हुने भयो भनेर प्रतिपक्षी दलका साथीहरुलाई किन चिन्ता लागेको हो ? संविधान बचाउ भनेर दिएको अधिकार प्रयोग गर्दा कसरी निर्दलीय हुन्छ ?’

उनले कोरोनाले ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरे । बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गरे । बाढीपहिरोबाट ज्यान गुमाएका हरुप्रति पार्टीका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गरे ।

उनले प्रतिनिधिसभा विघटनका विषयमा आफूहरु बढो विचित्रको राजनीतिबाट गुज्रिन बाध्य भएको बताए ।

उनले भने, ‘निरंकुशताकाविरुद्ध लडेर एउटा परिकल्पना गरेका थियौँ, दुई-दई पटक प्रतिनिधिसभा विघटन नेपालको इतिहासमा नौलो घटना भयो । यस्ता घटना तथा अनुभव कहिल्यै भएको थिएन ।’

उनले दुई तिहाईको प्रधानमन्त्रीले देशलाई दुर्घटनातर्फ धकेल्ने प्रयत्न गरेको आरोप बताए । यो विषय संसदमा उभिएर आफूले बल्नुपर्दा लज्जित महशुस भएको संकेत गरे ।

उनले भने, ‘ठूलो उभार आउला भनेर एकताको प्रस्ताव राख्ने मान्छे यसरी भन्नुपर्छ भन्ने अवस्था आउला भनेर सोचेको भए पार्टी एकताको प्रस्ताव किन लान्थे होला ?’

पछिल्ला राजनीतिक घटनाक्रम पनि स्वभाविक नलागेको उनले बताए । प्रधानमन्त्रीको नियुक्तिमा पनि केही अस्वभाविक भएको उनको भनाइ थियो ।

उनले प्रधानमन्त्रीको नियुक्तिको भाषाले शपथग्रहण नै रोकिने अवस्था आउनु पनि निकै अस्वभाविक भएको बताए ।

उनले शान्ति प्रक्रियामा आएपछि पनि आउने र जाने प्रधानमन्त्री एकै ठाउँमा बस्ने र कुर्ची साटासाट गर्ने परम्परा निवर्तमान प्रधानमन्त्री केपी ओलीले तोडेको बताए ।

उनले भने, ‘निवर्तमान प्रधानमन्त्रीले त्यो लोकतान्त्रिक संस्कार देखाउन सक्नुभएन । यो एउटा गम्भीर नैतिकता र संस्कारको प्रश्न खडा भएको छ ।’

‘पुनर्स्थपित प्रतिनिधिसभाको पहिलो बैठकले केपी ओलीकै मुखबाट केही शब्द सुन्न चाहेको थियो, देशले पनि निवर्तमान प्रधानमन्त्रीले के भन्नुहोला भनेर चाहेको थियो । उहाँ उपस्थित नहुनु के यो लोकतान्त्रिक संस्कार हो कि अलोकतान्त्रिक ?’, उनले भने ।

उनले आफूहरु केपीजीको अहंकारको जाँतोमा पिसिएकै कारण यो अवस्था आएको बताए ।

उनले भने , ‘केपी ओलीका छलकटपका प्रमाण हामी यही छौँ । यस्ता कुरा नेपाली जनताले राम्ररी बुझेका छन् । गोहीका आँशु चुहाएर अब केही हुनेवाला छैन ।’

पहिलो पटक संसद विघटन गर्दा पार्टीभित्र काम गर्न नदिएकै कारण संसद विघटन गरेको ओलीको भनाइप्रति इंगित गर्दै उनले प्रश्न गरे , ‘पार्टीभित्र विवाद हुँदा कहीँ संसद विघटन गर्न पाइन्छ, सत्ताको बलमा मिच्न खोज्ने कुन चाहीँ लोतान्त्रिक संस्कार हो ।’

उनले शान्ति सम्झौतापछिको संविधान हो भन्ने कुरा नबिर्सिन सबैलाई आग्रह गरे ।

उनले प्रधानमन्त्रीको सनकका भरमा विघटन गर्न पाइँदैन भनेर ७६ (५)को व्यवस्था गरिएको तर्क गरे । लोकतन्त्रलाई जोगाउनकै लागि यो व्यवस्था गरिएको उनले बताए । उनले भने, ‘यो व्यवस्था सार्वभौमको विशेशाधिकार हो ।’

उनले प्रतिनिधिसभाभन्दा बाहिरको मान्छे आएर नबनोस भनेर रोक्नका लागि यो व्यवस्था गरिएको स्पष्ट पारे ।

१४९ जना सांसदको हस्ताक्षरसहति प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई दाबी प्रस्तुत गर्दा राष्ट्रपतिलाई ‘इफ’ र ‘बट’ गर्ने ठाउँ नभएको बताउँदा बताउँदै पनि राष्ट्रपतिले जिम्मेवारी पूरा गर्न नसकेको आरोप लगाए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ७ : ५६ बजे

नवलपरासीको दाउन्ने सडक एकतर्फी खुल्यो

नवलपरासी– सडक भासिएर अवरुद्ध भएको पश्चिम नवलपरासीको दाउन्नेमा यातायात एकतर्फी

ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता

ललितपुर– गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो

बाढी पीडितको पीडा : न बासको ठेगान, न गाँसको !

सिन्धुली- पाँच जनाको परिवार खुसी थियो । दशैँ मनाउन खर्च

दाउन्नेको सडक अझै अवरुद्ध, खुलाउने प्रयास जारी

नवलपरासी– पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित दाउन्नेको खुर्सानी खोला नजिकै भासिएको

मध्यपूर्व अपडेट : दुई हजारको ज्यान गएको लेबनानको दाबी

लेबनान – लेबनानको स्वास्थ्य मन्त्रालयले गएको रातिसम्ममा इजरायलको आक्रमणमा परेर