मुख्यमन्त्री भएपछि पहिलो पटक गृह जिल्लामा पोखरेल | Khabarhub Khabarhub

मुख्यमन्त्री भएपछि पहिलो पटक गृह जिल्लामा पोखरेल

अघिल्लो सरकारकै योजना प्राथमिकतामा



नवलपुर– गण्डकी प्रदेशका मुख्यमन्त्री बनेपछि कृष्णचन्द्र (नेपाली) पोखरेल आइतबार पहिलो पटक गृह जिल्ला नवलपुर आइपुगेका छन् । काठमाडौंबाट पोखरा नगई पोखरेल नवलपुर आइपुगेका हुन् ।

मुख्यमन्त्रीको हैसियतमा गृह जिल्ला आइपुगेका पोखरेलले दुई दिनको बसाईका क्रममा नवलपुरको दुई पहाडी गाउँपालिका बौदिकाली र बुलिङटार बाहेक सबै पालिकामा पुग्ने कार्यक्रम रहेको बताए ।

गैंडाकोट र देवचुली नगरपालिकामा पार्टी कार्यकर्तालाई भेट गरी कावासोती पुगेका पोखरेलले सोमवार हुप्सेकोट गाउँपालिका, मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको भ्रमण गर्ने भएका छन् ।

अघिल्लो सरकारकै योजना प्राथमिकतामा

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले कावासोतीस्थित नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा पार्टी कार्यकर्तासँगको भेटघाटमा आफूले अघिल्लो सरकारको मुख्य योजनालाई प्राथमिकतामा राखेको बताए ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमा आफ्नो सरकारले ल्याएको योजना नपरेको भन्दै बजेट अधिवेशन अवरोध गर्न खोज्दा केही दिनअघि मात्रै मार्सल लगाएर बजेट पारित गरिएको थियो ।

तर मुख्यमन्त्री पोखरेलले आफ्ना पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै आफू नेतृत्वको सरकारले यसअघिको सरकारका मुख्य योजनालाई प्रथामिकतामा राखेर बजेट विनियोजन गरेको स्पष्ट पारे ।

जनताले स्थायी सरकारको अपेक्षा गरेकै कारण आफूले अघिल्लो सरकारको योजनालाई प्राथमिकता दिएर बजेट ल्याएको उनको भनाइ थियो ।

गण्डकीबाट केन्द्र पुग्यो सरकार बनाउने अभियान

मुख्यमन्त्री पोखरेलले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने अभियान गण्डकी प्रदेशबाट केन्द्रमा पुगेको टिप्पणी गरे ।

सरकार परिवर्तन हुनु स्वभाविक भए पनि गण्डकी प्रदेशबाट कांग्रेस नेतृत्वमा सरकार बनाउने अभियान शुरु भई सो क्रम अहिले सिंहदरबार पुगेको उल्लेख गरे ।

पोखरेलले जेठ २९ गते मुख्यमन्त्रीको सपथ लिएपनि अझै मन्त्रिपरिषद्लाई पूर्णता भने दिन सकेका छैनन् । उनले गठबन्धन सरकारको मन्त्रिपरिषद् गठनसम्बन्धि सकसबारे भने केही उल्लेख गरेनन् । मुख्यमन्त्रीसँगै सपथ लिएका चार मन्त्रीलाई पनि उनले ३० दिनपछि मात्रै मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

आफ्नो ध्यान समग्र नवलपुरको विकासमा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पहिलो पटक गृह जिल्ला नवलपुर आएर आफ्नो ध्यान जिल्लाको विकासमा रहेको उल्लेख गरे ।

गैंडाकोटमा कार्यकर्ता भेटघाटकै क्रममा स्थानीय १३ नम्बर वडा कमिटीले आयोजना गरेको स्वागत कार्यक्रममा पोखरेलले विभिन्न पार्टीका एक सय पचास बढीलाई पार्टी प्रवेश गराएका थिए ।

गैंडाकोटको भेटघाट सकेर अपरान्ह १ बजे मुख्यमन्त्री पोखरेलले सामुदायिक प्राकृतिक चिकित्सालय रजहर पुगेर प्राकृतिक चिकित्सा क्षेत्रमा प्रदेश सरकारले विशेष ध्यान दिने बताए । हतारमा बजेट ल्याउनु परेको स्मरण गर्दै मुख्यमन्त्री पोखरेलले बजेटमा रजहरको प्राकृतिक चिकित्सालयलाई समेट्न नसकिएको बताए ।

मुख्यमन्त्री पोखरेलले आइतबार नै कावासोतीस्थित जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु तथा जिल्ला समन्वय समिति र पालिकाका प्रमुख उपप्रमुख लगायतका जनप्रतिनिधिसँग छलफल गरेका थिए ।

सोमबार हुप्सेकोट गाउँपालिका, मध्यबिन्दु नगरपालिका र बिनयी त्रिवेणी गाउँपालिकाको भ्रमण गर्ने कार्यक्रम तय गरेका उनले नारायणी नदीबाट प्रभावित क्षेत्रको पनि निरीक्षण गर्ने भएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ८ : २२ बजे

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

भोजपुर – अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका

प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध छः मुख्यमन्त्री सिंह

धनुषा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलाडीले मेहनत गरेर

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

कास्की – पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ