रोनाल्डोले भने– म कुरा कम र काम धेरै गर्छु « Khabarhub

रोनाल्डोले भने– म कुरा कम र काम धेरै गर्छु


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्रिस्टियानो रोनाल्डो अहिले पनि लगातार चर्चामा छन् र त्यसको कारण हो, उनको सम्भावित ट्रान्सफर । यी पोर्चुगाली खेलाडी कहिले रियल मड्रिडसँग जोडिन्छ भने कहिले म्यानचेस्टर युनाइटेडसँग । यी दुवै उनका पुराना क्लब हुन् । यी सबै हल्लाका कारण रोनाल्डोलाई भने एक प्रकारले रिस उठेको छ, दिक्क छन् ।

त्यसैले उनको भनाइ अगाडि आएको छ, भन्छन्, ‘जे जतिले मलाई चिन्छन्, सबैलाई थाहा छ, म आफ्नो काममा कति धेरै केन्द्रित हुने गर्छु । म कम कुरा गर्छुं । धेरै काम गर्छु । यो नै मेरो खेल जीवनको सुरुदेखि नीति रहेको छ । तर पछिल्लो समय सबै मेरो नाम लिएर कुरा गरिरहेका छन्, त्यसैले मलाई आफ्नो स्थितिबारे बोल्नु नै छ ।’

उनले इन्स्ट्राग्राममा लेखेका छन्, ‘मेरोबारे धेरै हल्ला गर्नु भनेको खेलाडीका रूपमा मेरो अपहेलना नै हौ ।’ उनले रियल जाने सबै प्रकारको हल्लालाई अस्विकार गरेका छन् । उनले रियलमा आफ्नो कथा लेखिसकेको र आफू प्रत्येक रियलका समर्थकको मनमा रहेको पनि दाबी गरेका छन् । उनले आफू एक भन्दा बढी लिगका एक भन्दा बढी क्लबमा जानेलाई पनि हल्ला नै भने ।

रोनाल्डोले अन्त्यमा लेखेका छन्, ‘त्यसैले अहिले म आफ्नो मौनता तोड्दै छु । कसैलाई पनि मेरो नाममा खेल्ने अधिकार छैन र म दिन्न पनि । म आफ्नो खेल जीवन र काममै केन्द्रित हुन चाहन्छुं । म अब आउने सबै चुनौती पनि डटेर सामना गर्न चाहन्छु । अन्य सबै बेकार हुन् र खालि हल्ला मात्र हुन् ।’

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ८ : ४५ बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने