रोनाल्डोले भने– म कुरा कम र काम धेरै गर्छु | Khabarhub Khabarhub

रोनाल्डोले भने– म कुरा कम र काम धेरै गर्छु


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्रिस्टियानो रोनाल्डो अहिले पनि लगातार चर्चामा छन् र त्यसको कारण हो, उनको सम्भावित ट्रान्सफर । यी पोर्चुगाली खेलाडी कहिले रियल मड्रिडसँग जोडिन्छ भने कहिले म्यानचेस्टर युनाइटेडसँग । यी दुवै उनका पुराना क्लब हुन् । यी सबै हल्लाका कारण रोनाल्डोलाई भने एक प्रकारले रिस उठेको छ, दिक्क छन् ।

त्यसैले उनको भनाइ अगाडि आएको छ, भन्छन्, ‘जे जतिले मलाई चिन्छन्, सबैलाई थाहा छ, म आफ्नो काममा कति धेरै केन्द्रित हुने गर्छु । म कम कुरा गर्छुं । धेरै काम गर्छु । यो नै मेरो खेल जीवनको सुरुदेखि नीति रहेको छ । तर पछिल्लो समय सबै मेरो नाम लिएर कुरा गरिरहेका छन्, त्यसैले मलाई आफ्नो स्थितिबारे बोल्नु नै छ ।’

उनले इन्स्ट्राग्राममा लेखेका छन्, ‘मेरोबारे धेरै हल्ला गर्नु भनेको खेलाडीका रूपमा मेरो अपहेलना नै हौ ।’ उनले रियल जाने सबै प्रकारको हल्लालाई अस्विकार गरेका छन् । उनले रियलमा आफ्नो कथा लेखिसकेको र आफू प्रत्येक रियलका समर्थकको मनमा रहेको पनि दाबी गरेका छन् । उनले आफू एक भन्दा बढी लिगका एक भन्दा बढी क्लबमा जानेलाई पनि हल्ला नै भने ।

रोनाल्डोले अन्त्यमा लेखेका छन्, ‘त्यसैले अहिले म आफ्नो मौनता तोड्दै छु । कसैलाई पनि मेरो नाममा खेल्ने अधिकार छैन र म दिन्न पनि । म आफ्नो खेल जीवन र काममै केन्द्रित हुन चाहन्छुं । म अब आउने सबै चुनौती पनि डटेर सामना गर्न चाहन्छु । अन्य सबै बेकार हुन् र खालि हल्ला मात्र हुन् ।’

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ८ : ४५ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ