दुवई प्रवेश गर्ने नेपालीका लागि नयाँ मापदण्ड ! « Khabarhub

दुवई प्रवेश गर्ने नेपालीका लागि नयाँ मापदण्ड !


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– नेपालमा कोरोना महामारीको दोस्रो लहर बढेसँगै नेपालबाट युएई प्रवेश गर्न लगाइएको अस्थायी प्रतिबन्धका कारण समयमै युएई प्रवेश गर्न नसकेका नेपालीका लगि नयाँ मापदण्ड जारी गरेको छ।

मंगलबार अबुधाबीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै दुवई प्रवेश गर्ने नेपालीहरूले कोरोना खोप लगाएको प्रमाणपत्र पेश नगरे पनि प्रवेश दिइने जनाएको छ।

यी हुन् दुवई प्रवेश गर्ने नेपालीले ध्यान दिनुपर्ने कुराहरू :

१. दुवईको आवासीय भिसा हुनेहरूले General Directorate of Residency and Foreigners Affairs – Dubai ( GDRFA – D ) को वेभसाइटमा गई आफ्नो भिसाको अवस्था हेर्नुपर्नेछ ।

दुवई प्रवेशका लागि भिसा अवधि कायमै रहेकाहरूले सो निकायबाट आवश्यक सहमति ( GDRFA Approval ) लिनुपर्नेछ ।

२. १८० दिनभन्दा बढी युएई बाहिर रहेका र / वा दुवईको आवासीय भिसा अवधि सकिइसकेका नेपालीहरूले GDRFA को उल्लिखित वेभसाइटमा गई तोकिएका कागजातहरू अपलोड गरी युएई प्रवेशको सहमतिको लागि अनुरोध गर्नुपर्नेछ । सो सहमति प्राप्त भएको खण्डमा मात्रै दुवई प्रवेश गर्न सकिनेछ ।

३. दुवईको आवासीय भिसा भएका नेपालीहरूले कोरोना खोप लगाएको प्रमाणपत्र पेश नगरे पनि दुवई प्रवेश गर्न सकिने छ । तर खोप प्रमाणपत्र नचाहिने भए पनि ४८ घण्टाभित्रको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने छ र चार घण्टाभित्रको र्‍यापिड पीसीआर टेस्ट भने चाहिनेछ ।

तर खोप प्रमाणपत्रबिना दुवई बाहेक युएईका अन्य इमिरेट्सहरूमा प्रवेश गर्न पाइने छैन । सहमतिको लागि अनुरोध गर्नुपर्नेछ । सो सहमति प्राप्त भएको खण्डमा मात्रै दुवई प्रवेश गर्न सकिने दूतावासले जनाएको छ ।

यसअघि दुवई प्रवेशका लागि नेपालको विमानस्थलमा नै चार घण्टाअघि र्‍यापिड पीसीआर टेस्ट गरिएको हुनुपर्ने व्यवस्थाका कारण युएई फर्कने नेपालीहरू समस्यामा परेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ९ : २३ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि