दुवई प्रवेश गर्ने नेपालीका लागि नयाँ मापदण्ड ! | Khabarhub Khabarhub

दुवई प्रवेश गर्ने नेपालीका लागि नयाँ मापदण्ड !


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– नेपालमा कोरोना महामारीको दोस्रो लहर बढेसँगै नेपालबाट युएई प्रवेश गर्न लगाइएको अस्थायी प्रतिबन्धका कारण समयमै युएई प्रवेश गर्न नसकेका नेपालीका लगि नयाँ मापदण्ड जारी गरेको छ।

मंगलबार अबुधाबीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै दुवई प्रवेश गर्ने नेपालीहरूले कोरोना खोप लगाएको प्रमाणपत्र पेश नगरे पनि प्रवेश दिइने जनाएको छ।

यी हुन् दुवई प्रवेश गर्ने नेपालीले ध्यान दिनुपर्ने कुराहरू :

१. दुवईको आवासीय भिसा हुनेहरूले General Directorate of Residency and Foreigners Affairs – Dubai ( GDRFA – D ) को वेभसाइटमा गई आफ्नो भिसाको अवस्था हेर्नुपर्नेछ ।

दुवई प्रवेशका लागि भिसा अवधि कायमै रहेकाहरूले सो निकायबाट आवश्यक सहमति ( GDRFA Approval ) लिनुपर्नेछ ।

२. १८० दिनभन्दा बढी युएई बाहिर रहेका र / वा दुवईको आवासीय भिसा अवधि सकिइसकेका नेपालीहरूले GDRFA को उल्लिखित वेभसाइटमा गई तोकिएका कागजातहरू अपलोड गरी युएई प्रवेशको सहमतिको लागि अनुरोध गर्नुपर्नेछ । सो सहमति प्राप्त भएको खण्डमा मात्रै दुवई प्रवेश गर्न सकिनेछ ।

३. दुवईको आवासीय भिसा भएका नेपालीहरूले कोरोना खोप लगाएको प्रमाणपत्र पेश नगरे पनि दुवई प्रवेश गर्न सकिने छ । तर खोप प्रमाणपत्र नचाहिने भए पनि ४८ घण्टाभित्रको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने छ र चार घण्टाभित्रको र्‍यापिड पीसीआर टेस्ट भने चाहिनेछ ।

तर खोप प्रमाणपत्रबिना दुवई बाहेक युएईका अन्य इमिरेट्सहरूमा प्रवेश गर्न पाइने छैन । सहमतिको लागि अनुरोध गर्नुपर्नेछ । सो सहमति प्राप्त भएको खण्डमा मात्रै दुवई प्रवेश गर्न सकिने दूतावासले जनाएको छ ।

यसअघि दुवई प्रवेशका लागि नेपालको विमानस्थलमा नै चार घण्टाअघि र्‍यापिड पीसीआर टेस्ट गरिएको हुनुपर्ने व्यवस्थाका कारण युएई फर्कने नेपालीहरू समस्यामा परेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ९ : २३ बजे

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।