अफगानिस्तानमा तालिबानको सत्ताले विश्वभर जिहादी संगठनको वृद्धि हुन्छ- थिंक ट्यांक | Khabarhub Khabarhub

अफगानिस्तानमा तालिबानको सत्ताले विश्वभर जिहादी संगठनको वृद्धि हुन्छ- थिंक ट्यांक


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानको तालिबानको सत्ताले विश्वव्यापीरुपमा जिहादी संगठनहरुको वृद्धि हुने थिंक टयांकले जनाएको छ ।

यदि तालिबान अफगानिस्तानको सत्तामा फर्कियो भने अलकायदासहित अन्य आतंकवादी संगठनहरु अर्को विश्वव्यापी जिहादी समूहको ज्यादतीमा वृद्धि हुने क्यानाडास्थित थिंक ट्यांकले जनाएको छ ।

इन्टरनेशनल फोरम फर राइट एण्ड सेक्युरिटी (आईएफएफआरएएस) ले आफ्नो रिपोर्टमा तालिबान अफगानिस्तानमा फर्किएपछि अलकायदा वा यस्तै वैश्विक जिहादी आन्दोलनहरु थप सक्रिय हुने जनाइएको छ ।

फेरि विश्वमा ओसामा विन लादेन वा मुल्ला उमरको जन्म हनसक्ने अनुमान गरिएको छ । अर्को वैश्विक जिहादी नेताको पद ग्रहण गर्नको लागि धेरै उत्सुक भएको र सम्भवतः वर्तमानमा पाकिस्तानको संरक्षणमा बसिरहेको हुनेसक्ने बताइएको छ ।

आईएफएफआरएएसले तालिबानलाई फेरि दानवीय व्यवहारको जिम्मेवार बन्न नदिने जिम्मेवारी अन्तर्राष्ट्रिय समुदायको हो ।

अक्टोबर २००१ मा अफगानिस्तानमा तालिबान आतंकवादी समूह च्युत गराइएपछि निर्वाचित सरकारले सत्ता सञ्चालन गरिरहेको छ । तालिबानी समूहलाई नियन्त्रणमा राख्न अमेरिका र अन्य देशहरुले सहयोग गरेको थियो ।

तर, पाकिस्तानले भने अफगानिस्तानमा आक्रमण गराउनका लागि तालिबानी समहलाई आर्थिक र भौतिक सहयोग गरिरहेको थियो । आतंकवादलाई जीवित राख्न पाकिस्तानको भूमिका धेरै ठूलो रहेको बताइएको छ । अमेरिकाले आतंकवाद नियन्त्रण गरेर शान्ति कायम गर्नका लागि अफगानिस्तानमा आफ्नो सेनासमेत रहेको थियो ।

स्रोत : एएनआई

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  १ : ३० बजे

चितवनमा अब पङ्खा चल्छ : रेणु दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले विद्युत पूर्वाधार संरचना

जसपा राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव  

काठमाडौं– जसपा अशोक राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव

देवनगर सबस्टेशन आजदेखि सञ्चालन

काठमाडौं– चितवनको देवनगर सबस्टेशन आजदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले

मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते 

मकवानपुर– जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा आज बिहान सवारी दुर्घटना

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को १०