अफगानिस्तानमा तालिबानको सत्ताले विश्वभर जिहादी संगठनको वृद्धि हुन्छ- थिंक ट्यांक « Khabarhub

अफगानिस्तानमा तालिबानको सत्ताले विश्वभर जिहादी संगठनको वृद्धि हुन्छ- थिंक ट्यांक


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानको तालिबानको सत्ताले विश्वव्यापीरुपमा जिहादी संगठनहरुको वृद्धि हुने थिंक टयांकले जनाएको छ ।

यदि तालिबान अफगानिस्तानको सत्तामा फर्कियो भने अलकायदासहित अन्य आतंकवादी संगठनहरु अर्को विश्वव्यापी जिहादी समूहको ज्यादतीमा वृद्धि हुने क्यानाडास्थित थिंक ट्यांकले जनाएको छ ।

इन्टरनेशनल फोरम फर राइट एण्ड सेक्युरिटी (आईएफएफआरएएस) ले आफ्नो रिपोर्टमा तालिबान अफगानिस्तानमा फर्किएपछि अलकायदा वा यस्तै वैश्विक जिहादी आन्दोलनहरु थप सक्रिय हुने जनाइएको छ ।

फेरि विश्वमा ओसामा विन लादेन वा मुल्ला उमरको जन्म हनसक्ने अनुमान गरिएको छ । अर्को वैश्विक जिहादी नेताको पद ग्रहण गर्नको लागि धेरै उत्सुक भएको र सम्भवतः वर्तमानमा पाकिस्तानको संरक्षणमा बसिरहेको हुनेसक्ने बताइएको छ ।

आईएफएफआरएएसले तालिबानलाई फेरि दानवीय व्यवहारको जिम्मेवार बन्न नदिने जिम्मेवारी अन्तर्राष्ट्रिय समुदायको हो ।

अक्टोबर २००१ मा अफगानिस्तानमा तालिबान आतंकवादी समूह च्युत गराइएपछि निर्वाचित सरकारले सत्ता सञ्चालन गरिरहेको छ । तालिबानी समूहलाई नियन्त्रणमा राख्न अमेरिका र अन्य देशहरुले सहयोग गरेको थियो ।

तर, पाकिस्तानले भने अफगानिस्तानमा आक्रमण गराउनका लागि तालिबानी समहलाई आर्थिक र भौतिक सहयोग गरिरहेको थियो । आतंकवादलाई जीवित राख्न पाकिस्तानको भूमिका धेरै ठूलो रहेको बताइएको छ । अमेरिकाले आतंकवाद नियन्त्रण गरेर शान्ति कायम गर्नका लागि अफगानिस्तानमा आफ्नो सेनासमेत रहेको थियो ।

स्रोत : एएनआई

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  १ : ३० बजे

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

एजेन्सी– गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका