बालबालिकामा पोस्ट कोभिडको समस्या धेरै | Khabarhub Khabarhub

बालबालिकामा पोस्ट कोभिडको समस्या धेरै

लक्षण देखिनासाथ परीक्षण गराउन चिकित्सकको सुझाव



काठमाडौँ– कान्ति बाल अस्पताल देशको केन्द्रीय अस्पताल बाल अस्पताल हो जहाँ बालबालिकाको मात्र उपचार हुन्छ ।

अस्पातलमा अहिले बहिरङ्ग विभाग (ओपीडी) मा दैनिक दुई सय हाराहारीमा बालबालिका आउने गरेका छन् ।

तीमध्ये श्वासप्रश्वास सम्बन्धी समस्याले अस्पातल आउनेको संख्या ६० प्रतिशत हाराहारी हुने गरेको छ । अस्पतालले उपचारका क्रममा भर्ना गर्नुपर्ने बिरामीको मात्रै कोरोनासम्बन्धी पीसीआर परीक्षण गराउने गरेको छ ।

पीसीआर गराउने बालबालिकाहरूध्ये १० प्रतिशत जतिमा पोजेटिभ रिपोर्ट आउने गरेको अस्पतालका चिकित्सक डा. सुजित अग्रवालले बताए ।

उनले खबरहबसँग भने, ‘पहिलो र दोस्रो लहरमा पनि भर्ना गर्नुपर्ने केसमा अहिलेझै १० देखि १५ प्रतिशत बालबालिकाको पोजेटिभ रिपोर्ट आउँथ्यो, अहिले पनि त्यही अवस्था छ ।’

त्यसो त दोस्रो लहर कहिले सकिन्छ र तेस्रो लहर कहिले शुरू हुन्छ भन्ने पनि निश्चित छैन । त्यसमा पनि तेस्रो लहरले बालबालिकालाई नै बढी प्रभाव गर्छ भन्ने पनि छैन ।

हालसम्म १८ वर्षभन्दा कम उमेरका लागि कोभिड विरुद्धको खोप उत्पादन नभएकाले बालबालिकाहरू बढी जोखिममा रहेको विज्ञहरूको भनाइ छ ।

‘हालसम्म भ्याक्सिन नबनेको हुँदा बालबालिका केही बढी जोखिममा छन्’ डा. अग्रवालले खबरहबसँग भने, ‘तर कुनै दीर्घ रोग नभएको अवस्थामा कोभिडले मात्रै बच्चामा त्यति धेरै हानी गरेको छैन ।’

डा. अग्रवालका अनुसार बालबालिकाहरूमा कोभिड संक्रमण धेरै छैन तर उनीहरूमा पोस्ट कोभिडको समस्या देखिने गरेको छ । हालसम्म कान्ति अस्पातलमा पोस्ट कोभिडका ७० जना बालबालिकाको उपचार भएको उनले बताए ।

पहिलो लहरपछि दोस्रो लहर शुरू हुनुअगावै स्वास्थ्य मन्त्रालयको निर्देशनमा कान्ति अस्पतालमा २५ बेडको एचडीयू लागि बजेट विनियोजन भएको थियो । अहिले कान्तिमा पीआईसीयू १८, एनआईसीयू २५ र सर्जिकल आइसीयू १० वटा छन् ।

जन्मेको एक महिनासम्मका शिशुलाई एनआइसियूमा र एक महिनादेखि १४ वर्षसम्मका बालबालिकालाई पीआइसीयूमा राखिन्छ । कान्तिमा कोभिडका लागि आइसीयू चार वटा, एचडीयू ६ वटा र सामान्य बेड १८ वटा छुट्याइएको छ ।

मङ्गलबार दिउँसोसम्म कान्तिमा आइसीयूमा तीन जना र एचडीयूमा ५ जना कोभिड बिरामी बालबालिकाको उपचार भइरहेको छ ।

डा. अग्रवालले भने, ‘कान्तिमा ६ बेड एचडीयू थियो, दोस्रो लहर हुँदाहुदै त्यसलाई बढाएर २५ बेड बनायौँ, समग्रमा पूर्वाधार थपिएको छ, ५५ जना जनशक्ति पनि यही बीचमा थपेका छौँ ।’

कोभिडका बालबालिकालाई उपचार गरिरहेका डा. अग्रवाल बालबालिकालाई ज्वरो आएमा तत्काल कोभिड परीक्षण गराउन सुझाव दिन्छन् । त्यसबाहेक झाडापखाला, रुघाखोकी, पेट दुख्ने, बेहोस हुने लक्षण देखिएका बालबालिकालाई कोरोना पोजेटिभ देखिएको उनले बताए ।

बालबालिकामा यस्ता लक्षण देखिए कोरोना परीक्षण गराउनुपर्ने उनले बताए । पोजेटिभ रिपोर्ट आए पनि नआत्तिन डा. अग्रवालको सुझाव छ । उनका अनुसार सास फेर्न गाह्रो हुने, कोखा हान्ने, बेहोस हुने, लगातार बान्ता र झाडापखाला हुने समस्या देखिएमा चाँडै अस्पातल लैजानुपर्छ ।

निको भएर डिस्चार्ज भएका १५ वर्षमाथिका बालबालिकाको हकमा भने यस्ता समस्या देखिएमा जतिसक्दो चाडो चिकित्सकको सल्लाह लिनु पर्छ ।

उनका अनुसार पछिल्लो समय पोस्ट कोभिडको उपचारमा आएका बालबालिकाहरूमा ज्वरो आउने, रुघाखोकी लाग्ने, शरीरमा डाबर आउने, आँखा रातो हुने लक्षण देखिने गरेको छ ।

यस्तो छ सरकारको तयारी

बालबालिकाका लागि कोभिड उपचारको आवश्यक तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका अस्पतालहरूमा २० प्रतिशत शय्या भेन्टिलेटर, आइसीयू र एचडीयूको क्षमता थप्दा बालबालिकाका लागि पनि थप्नू भन्ने पत्राचार गरेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताए ।

उनकाअनुसार बालबालिकाका लागि नेपाल सरकारका तर्फबाट २७५ वटा आइसीयू र एचडीयू बेड थप्न रकम छुट्याइएको छ । त्यस्तै १८० वटा भेन्टिलेटर थप्ने तयारी सरकारको छ ।

‘निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूले दुई सयवटा आइसीयू र एचडीयू बेड थप्दैछन्’ उनले खबरहबसँग भने, ‘अहिले बालबालिकाका लागि देशभर करिब दुई सयवटा मात्र आइसीयू बेड छन् ।’

सरकार र निजी क्षेत्र गरी बालबालिकाका लागि ४७५ आइसीयू र १७० भेन्टिलेटर थप्ने तयारी भएको उनले बताए । सूची फाउन्डेशनले बालबालिकाका लागि २६५ वटा भेन्टिलेटर पठाएको छ ।

उपचाररत सेवा महाशाखा, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, बालबालिका चिकित्सक समाजको तर्फबाट ७ वटै प्रदेशमा तालिमको लागि उपचारविधि र कार्यविधि तयार भएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  २ : २५ बजे

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

एलोन मस्कले गरे भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका