कोरियन अभिनेत्री किमको निधन « Khabarhub

कोरियन अभिनेत्री किमको निधन


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल(अमर उजाला)– दक्षिण कोरियाकी प्रख्यात अभिनेत्री किम मिन क्यूंगको ६१ वर्षको उमेरमा निधन भएको छ । उनको के कारणले निधन भएको हो भन्ने कुरा खुलेको छैन ।

किमले सन् १९७९ बाट फिल्मी करियर सुरुवात गरेकी थिइन् । उनले डेब्यू फिल्मबाटै लोकप्रियता पाएकी थिइन् । सन् १९८१ मा उनले ‘कोरिया थिएटर फेस्टिभल’मा ‘बेस्ट न्यूकमर अवार्ड’ जितेकी थिइन् ।

यसपछि उनी कैयौं टेलिफिल्म र फिल्ममा देखिइन् । उनी विगत चार दशकदेखि दर्शकलाई अभिनय मनोरञ्जन दिँदै आएकी थिइन् ।

उनी अभिनित फिल्म ‘तज्जा’, ‘समवन बिहाइण्ड यू’, ‘ह्वेय द ट्रुथ लाइज’ जस्ता फिल्म हिट साबित भएका थिए । यसबाहेक ‘द मून इमब्रेसिङ द सन’, ‘ह्वेन कमिला ब्लूम्स’, ‘द फ्लावर इन प्रिजन’ जस्ता टेलिफिल्म रुचाइएका थिए ।

उनी पछिल्लोपटक ‘माउस’ र ‘ए गुड सपर’मा देखिएकी थिइन् । उनका दुई फिल्म रिलिजको तयारीमा छन् ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ३ : ०० बजे

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार