शेयर बजारमा हरियाली, ३८. २८ अंकले नेप्से बढ्दा २१ अर्ब ३१ करोड बढीको कारोबार | Khabarhub Khabarhub

शेयर बजारमा हरियाली, ३८. २८ अंकले नेप्से बढ्दा २१ अर्ब ३१ करोड बढीको कारोबार


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको चौथो दिन आज शेयर बजारमा हरियाली छाएको छ ।

आज शेयर बजार नेप्से परिसुचक ३८ दशमलव २८ अंकले बढेर ३,१९८ दशमलव १९ को विन्दुमा कायम भएको छ ।

आज २२८ वटा कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ७८ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अपि पावर कम्पनीको ६३ करोड ४६ लाख , लुम्बिनी विकास बैंकको ५९ करोड ७६ लाख, महालक्ष्मी विकास बैंकको ५७ करोड ६९ लाख र ज्योति विकास बैंकको ५६ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनी, अरुण कावेली पावर कम्पनी, सिवम् सिमेन्ट र जीवन विकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् ।

त्यस्तै आज एसबिएल डिबेञ्चरका इकाईधनीले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ५ : ५७ बजे

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ