पाँच वर्षदेखि बेपत्ता वृद्ध अस्पतालमा भेटिए  « Khabarhub

पाँच वर्षदेखि बेपत्ता वृद्ध अस्पतालमा भेटिए 


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– करिव ५ वर्षदेखि बेपत्ता भएका एक वृद्ध दमकस्थित कोभिड उपचार केन्द्र अस्पतालमा भेटिए पछि आफन्तको जिम्मा लगाइएको छ ।

पुर्ख्यौंली घर दोलखा भएका बिजुली भण्डारी कोभिड उपचार केन्द्रको आइसोलेसन सेन्टरमा भेटिएका हुन् । दमक २ का वडाध्यक्ष प्रजापति सापकोटाका अनुसार सडक किनारमा ४ दिन अघि भेटिएका वृद्धलाई स्थानीयको सहयोगमा उद्धार गरि कोभिड उपचार केन्द्रको आईसोलेसन सेन्टरमा राखिएको थियो ।

सापकोटाकै फेसबुक स्टाटसका आधारमा काठमाडौँमा रहेका भान्जा दिपेन्द्र पौडेलले जानकारी पाए पछि मंगलबार आफन्तजनको टोली दमक आएको हो ।

७५ वर्षीय वृद्धको पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको थियो । त्यस पश्चात कोभिड अस्पताल नजिकै रहेको आईसोलेसन सेन्टरमा राखेको थियो ।

कुनै बेला सामाजिक तथा राजनीतिक गतिविधिमा समेत सक्रिय रहने भण्डारी ५ वर्ष अघि देखि परिवारसँगको सम्पर्क बाहिर रहेको भान्जा पौडेलले बताए ।

वडाध्यक्ष सापकोटाको फेसबुक स्टाटस देखेपछि सम्पर्क गरेर दमक आएपछि पहिलो पटक वृद्धले आफन्तजनसँग भेटघाट गर्न पाएकाा हुन् ।

नाताले ठूलाबुवा पर्ने उनलाई लिन आएका सुनदर्शन भण्डारीले वर्षौ देखि खोजी गर्दा समेत नभेटिएका आफ्नो मान्छे भेटिए पछि अस्पताल परिसरमै खुसी साटासाट गरेका थिए ।

वर्षौ पछि आफन्तजनहरुबीच भेट हुँदा केहि बेर वातावरण स्तब्ध बनेको थियो । मामालाई बुझेर लाने क्रममा भान्जा पौडेलले दमक नगरपालिका तथा अस्पताल परिवारवालाई धन्यवाद व्यक्त गरे ।

वृद्धको बिदाइको क्रममा पुगेकी दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले यस अघि समेत बेवारिसे अवस्थामा भेटिएका विभिन्न व्यक्तिको उद्धार गर्दै आएको र यस प्रकारका मानवीय कार्यलाई नगरपालिकाले प्राथमिकता दिएको बताइन् ।

 

 

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  १० : ३० बजे

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

पर्यटकको रोजाइमा सुनसरीको रास ताल

सुनसरी– सुनसरीमा दर्जनौँ ताल तथा सिमसार क्षेत्र छन् । तर

छोटकरीमा बुझ्नुहोस् बालेन सरकारका सय प्राथमिकताको सूची

काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००

भोजपुरका किसान चैतेधान रोप्नमा व्यस्त

भोजपुर– भोजपुरका ग्रामीण भेगका किसान यतिबेला चैतेधान रोप्नमा व्यस्त छन्

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल