दुईजना पूजारीहरु विवाद गर्दै थियो । दुवै जना आफू भगवान भएको दाबी गर्दै थिए । यत्तिकैमा एउटा जड्याहा आइपुग्यो ।
पहिलो पुजारी : म हो भगवान् ।
दोस्रो पुजारी : म हो भगवान् ।
जड्याहा : हट् तिमीहरु दुवै जना भगवान् होइन । भगवान त म हो ।
दुवै पुजारी : कसरी ?
जँड्याहा : म प्रमाणित गरेर देखाइदिन्छु भन्दै जँड्याहाले पुजारीहरुलाई एउटा भट्टी लग्यो ।
भट्टी साहु भित्रैबाट करायो, हे भगवान् तँ फेरि आइस् ?
जँड्याहा : देखिस् म भगवान् रैछु कि नाईं ? साहुले, मलाई भगवान् भन्यो सुनिस पुजारी बेहोस् ।
साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट
प्रतिक्रिया