इन्द्रजात्रा सुरु, हनुमान ढोकामा लिङ्गो ठड्याइयाे « Khabarhub

इन्द्रजात्रा सुरु, हनुमान ढोकामा लिङ्गो ठड्याइयाे


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज बिहान ६ : ५१ बजेको साइतमा गरिएको छ ।

नेपाली सेनासमेत सहयोगमा हनुमान ढोका (कालभैरव क्षेत्र)बाट इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो ।

इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन ३ असोजमा कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ ।

४ असोजमा माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

असोज ८ गते नानिचा यात्रा गरिनेछ । त्यसै दिन राति १०स्३६ बजे इन्द्रध्वज पतन अर्थात् लिङ्गो ढालिने साइत छ । यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ७ : ४२ बजे

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी