गण्डकी प्रवेश नाकामा स्वास्थ्य निगरानी केन्द्र स्थापना « Khabarhub

गण्डकी प्रवेश नाकामा स्वास्थ्य निगरानी केन्द्र स्थापना


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीमा स्वास्थ्य प्रवर्द्धन तथा निगरानी केन्द्र स्थापना गरेको छ । आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा मन्त्रालयले निगरानी केन्द्र स्थापना गरेको हो ।

निगरानी केन्द्रमा मुग्लिङ पुल हुँदै गण्डकी प्रदेश प्रवेश गर्ने हरेक सवारी साधनको नम्बर दर्ता गरिने र स्वास्थ्यको मापदण्ड पालना गरे/नगरेको परीक्षण गरिने आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमप्रसाद उपाध्यायले जानकारी दिए ।

“सबै यात्रुलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न लगाइनेछ, केही समस्या भए तत्कालै समाधान पनि गरिनेछ”, उनले भने, “यसका साथै स्वास्थ्य सम्बन्धी सचेतना प्रदान पनि गरिनेछ ।”

निगरानी केन्द्रमा हेल्थ असिस्टेन्टको नेतृत्वमा तीन स्वास्थ्यकर्मी खटाइएको छ । “निगरानी केन्द्रबाट कोरोनाको मात्र नभई हाल फैलिएको निपा भाइरस, सेतो पुतलीको प्रकोपलगायतका बारेमा यात्रुलाई जानकारी दिन्छौँ”, उपाध्यायले भने। गाउँपालिका र मन्त्रालयको सहकार्यमा स्थापना गरिएको निगरानी केन्द्रको शुक्रबार शुभारम्भ गर्दै प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारीले कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकार गम्भीररुपमा लागिरहेको बताए ।

गण्डकी प्रदेशका वासिन्दालाई कोरोना भाइरसबाट सुरक्षित राख्नका लागि निगरानी केन्द्र स्थापना गरिएको मन्त्री अधिकारीले जानकारी दिए । “निगरानी केन्द्र हेर्दाखेरी सानो लाग्छ, तर सारमा यसले महत्वपूर्ण काम गर्नेछ”, उनले भने, “कोरोना भाइरस नियन्त्रण गर्दै यसबाट सुरक्षित रहनका निमित्त मुख्यतः छिमेकी देशबाट प्रवेश गर्दै गर्दा समुदायमा नफैलियोस् भन्नका लागि प्रवेश नाकामा निगरानी केन्द्र स्थापनाको निर्णय गरेका थियौँ ।”

मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले हरेक व्यक्तिको स्वास्थ्यको निगरानी गर्न र सूचना प्रवाह गर्ने उद्देश्यले निगरानी केन्द्र स्थापना गरिएको बताए । सरकारले नवलपुरको दाउन्ने र स्याङ्जाकोा राम्दीमा पनि निगरानी केन्द्र स्थापना गर्ने उनले जानकारी दिए ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, चितवनको इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता गुरुङ, गोरखाका पालुङटार नगरपालिका प्रमुख दीपक कँडेललगायतले स्वास्थ्य मापदण्ड पालना नै कोरोनाबाट बच्ने प्रमुख उपाय रहेको बताए ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ८ : १० बजे

एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

खैरहनी नगरपालिकाबाट धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन– चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान