दशैँका लागि काठमाडौँमा खसीबोका ल्याउने तयारी, केन्द्रीय बजार दहचोकमा « Khabarhub

दशैँका लागि काठमाडौँमा खसीबोका ल्याउने तयारी, केन्द्रीय बजार दहचोकमा



काठमाडौँ– सामान्यतया काठमाडौँ उपत्यकामा दशैँका लागि भनेर मात्र ५० हजारभन्दा बढी खसीबोका खपत हुने गर्छ । दशैँ आउन लगभग महिना दिन बाँकी हुँदा बजारमा खसीबोका भित्रिन थाल्छन् । घटस्थापनादेखि किनबेच हुन्छ ।

यही असोज २१ गते घटस्थापना हो । खसीबोका ल्याउने विषयमा चौपाया व्यवसायीहरूको छलफल हुन थालेको छ । केही दिनभित्र मागअनुसार खसीबोका काठमाडौँ ल्याउन सुरु हुने चौपाया खरिद विक्री संघले जनाएको छ ।

‘छलफल भइरहेको छ कति ल्याउने भन्ने तथ्याङ्क निकाल्छौँ,’ संघका महासचिव युवराज पराजुलीले भने, ‘३५ हजार खसीबोका दशैँमा खपत हुन्छ त्यहीअनुसार ल्याउने कुरा छ ।’

उनका अनुसार यसअघि हरेक वर्ष दशैँका बेला काठमाडौँका लागि मात्र करिब ५० हजार खसीबोका र ८ हजार भेडाच्याङ्ग्रा भारत, चीन र देशका विभिन्न जिल्लाबाट काठमाडौँ ल्याउने गरिएको थियो ।

संघले यसवर्षबाट चन्द्रगिरि नगरपालिकाको दहचोकमा केन्द्रीय बजार बनाउने तयारी गरेको छ । ‘उपत्यका बाहिरबाट ल्याइएका खसी बोका, भेडा च्याङ्ग्रा केन्द्रीय बजारमा पाइन्छन्,’ पराजुलीले भने, ‘दशैँमा बजार सुरु हुने गरी काम अघि बढेको छ, सधैँका लागि बजार त्यहीँ हुनेछ ।’

केन्द्रीय बजार १७ रोपनी जमिनमा नमुना बनाउन लागिएको उनले बताए ।

उपत्यकाबाहिरबाट आउने खसीबोका केन्द्रीय बजारमा क्वारेन्टिनमा राखिने र स्वास्थ्य परीक्षण गरेर बिक्री गर्ने संघको योजना छ । केन्द्रीय बजारबाट दैनिक मूल्यसूची समेत जारी हुनेछ ।

खाद्य व्यवस्थाले ३ हजार ल्याउने

दशैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी र च्याङ्ग्रा गरेर ३ हजार वटा ल्याउने तयारी गरेको छ । कम्पनीले गत वर्ष १४ सय च्याङ्ग्रा र १६ सय खसी खरिदबिक्री गरेको थियो ।

‘तुलसीपुर र हेटौँडा गरी दुई हजार खसीबोका ल्याउने तयारी छ,’ कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले खबरहबसँग भनिन्, ‘एक हजार च्याङ्ग्रा मुस्ताङबाट ल्याउने तयारी भएको छ ।’

कम्पनीले प्रत्येक वर्ष किसानबाट किनेर बजार मूल्यभन्दा केही सहुलियतमा बजारमा खसी र च्याङ्ग्रा बेच्ने गरेको उनले बताइन्
कोभिडका कारण लामो बन्दाबन्दी भएपछि गाउँबाट खसीबोका ल्याउन चुनौतीसमेत छ ।

सुपथ मूल्य पसल सुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वका लागि सुपथ मूल्य पसल असोज एक गते सञ्चालनमा ल्याएको छ ।
विशेष गरी दशैँ, तिहार र छठ पर्वका लागि सुपथ पसल सञ्चालनमा ल्याएको हो । यस्तो पसलमा नुन, चामल, चिनी, गेडागुडीदेखि मासुसमेत छुट मूल्यमा पाउने जनाइएको छ ।

सुपथ मूल्य पसलमा मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा दुई रुपैयाँ, मसिनो चामलमा तथा गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ, चिउरामा प्रतिकिलो ५ रुपैयाँ छुट दिइनेसूचना अधिकारी न्यौपानेले खबरहबलाई बताइन् ।

त्यस्तै तोरीको तेल, सनफ्लवारको तेल ५ रुपैयाँ प्रतिलिटर र भटमासको तेल, कर्णालीको सिमीमा १० रुपैयाँ छुट पाइनेछ ।

च्याङ्ग्रा र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिइनेछ । कम्पनीले लकडाउनका बेला अनलाइन डेलिभरीको सुविधा दिएको थियो ।

‘लकडाउन खुकुलो भएपछि त्यो सेवा हट्यो तर अब चाडपर्वमा अनलाइनबाट खाद्यान्न अर्डर गर्नेलाई डेलिभरी गरिनेछ,’ न्यौपानेले भनिन् ।
उनका अनुसार ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसलले सुरु गरिएका छन् । काठमाडौँ उपत्यकामा थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायकमा पसल सञ्चालन भएको छ ।

उपत्यका बाहिर नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, बनेपा, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, डडेलधुरालगायत सहरमा पसल सञ्चालन भएको छ ।

खाद्य कम्पनीसँगै साल्ट ट्रेडिङ कर्पोरेसन पनि ४३ वटा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ९ : २० बजे

आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ : अध्यक्ष राई

बागमती– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित

विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत

एजेन्सी– तमिलनाडुमा सरकार गठनका लागि शक्ति सङ्घर्ष शनिबारदेखि समाप्त भएको

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ : सभापति थापा

सुदूरपश्चिम– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो

‘थेम्सको लहरमा तमोरको स्पर्श’ कविता सङ्ग्रह विमोचन

पाटन– बेलायतमा बसोबास गर्दै आएकी स्रष्टा शान्ति लिम्बूद्वारा रचित कविता

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज–  बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण