आज छानिदै नयाँ ‘कमेडी च्याम्पियन’ « Khabarhub

आज छानिदै नयाँ ‘कमेडी च्याम्पियन’


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेलिभिजनमा रुचाइएको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को फिनाले आज राती ९ बजे हुँदैछ । यसपटक ताप्लेजुङका भरतमणि पौडेल, भारत सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापा शीर्ष उपाधिका लागि प्रतिष्पर्धा गर्दैछन् ।

च्याम्पियन विजेताले २५ लाख र एक कार पाउदा फस्ट रनरअपले मोटरसाइकल र सेकेण्ड रनरअपले स्कुटर उपहारका रुपमा पाउदैछन् ।

यसपटकको प्रतियोगितामा भरतमणिलाई बलियो दाबेदारका रुपमा हेरिएको छ । किनकी उनको हरेक साता एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिँदै आएका छन् । उनको पक्षमा नेकपा एमाले नेता योगेश भट्टराईले खुलेरै भोट मागिरहेका छन् ।

भरतमणिले गरेको पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाहको क्यारिकेचर सर्वाधिक रुचाइएको प्रस्तुतिमा परेको छ । यसबाहेक घरबेटीको चरित्र पनि उत्तिकै प्रशंसनीय छ ।

सिक्किमका विक्की पछिल्लोपटक ‘पेन्टोमाइम’ अभिनयले चर्चामा रहे । उनको यो प्रस्तुतिमा शोका तीन निर्णायक प्रदीप भट्टराई, ऋचा शर्मा र मनोज गजुरेलले प्रशंसा गरे पनि अर्का निर्णायक सन्तोष पन्तले आलोचना गर्दा सामाजिक सञ्जालमा सन्तोषविरुद्ध अनेक टिप्पणी गरिएको थियो ।

गोरखाका सन्तोष पनि अर्का दाबेदारका रुपमा चिनिएका प्रतिष्पर्धी हुन् । उनले प्रहरी, डन, पानीको जार बोक्ने मानिस, म्यान पावर कम्पनीवालादेखि नेपाली टिचरसम्मको सम्झनालायक प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ३ : ०२ बजे

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम