होटलको कोठाबाट रेडपाण्डाको छालासहित चारजना पक्राउ « Khabarhub

होटलको कोठाबाट रेडपाण्डाको छालासहित चारजना पक्राउ


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– रेडपाण्डाको छालासहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगर ८ खजुरास्थित होटल मानसरोवरको कोठा नम्बर ११५ बाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

रेडपाण्डाको छालासहित पक्राउ पर्नेमा कालिकोटको रास्कोट नगरपालिका–८ का मनबहादुर बुढा, ठाँटिकाँध गाउँपालिका–१ का विष्णु रावत, नारायण नगरपालिका–१० का नरेन्द्र थापा र पूर्णबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले बताए ।

‘सूचनाका आधारमा खानतलासी गर्दा खाटको सिरानीमुनि लुकाइछिपाई राखेको कालो रंगको हाते झोलाभित्र रातो खैरो रंगको रेडपाण्डाको छाला एक थान, मोबाइल पाँच थान फेला परेको हो,’ उनले भने, ‘प्रारम्भिक अनुसन्धानमा चारैजनाले वीरेन्द्रनगरकै एक स्थानबाट त्यहाँ ल्याएको र छालालाई होटलमा ल्याएबापत जनही ५० हजार रुपैयाँ लिइसकेको बताएका छन् ।’

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ७ : ४० बजे

भागेर होइन दृढताका साथ चुनौतीको सामना गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले भागेर नभइ दृढताका

नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रवि लामिछाने र

पकेट क्षेत्रको सुन्तला बगैँचा (फोटो फिचर)

काठमाडौं – यत्तिबेला सुन्तलाको सिजन छ। सुन्तलाका लागि पकेट क्षेत्र

सञ्चारमन्त्री खरेल पोखरामा

पोखरा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पोखरा पुगेका

बालेन-रविको सम्झौताको विरोधमा हर्क साम्पाङ- मिडिया ट्रायल गरेर प्रधानमन्त्री घोषणा गरेछन्

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिका प्रमुख