आगामी निर्वाचनपछि सत्ता गठबन्धनका दलहरू बिलाएर जान्छन् : ओली | Khabarhub Khabarhub

आगामी निर्वाचनपछि सत्ता गठबन्धनका दलहरू बिलाएर जान्छन् : ओली


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि गठबन्धन दलहरू बिलाएर जाने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी १४ महिनामा निर्वाचन हुने र त्यसपछि अहिले सरकारमा रहेका दलहहरु बिलाएर जाने टिप्पणी गरे ।

ओलीले मुलुकमा निर्वाचन हुन नदिन केही दलहरूले अलोकतान्त्रिक तवरले अनेक प्रपच्न रहेको आरोप पनि लगाए । गठबन्धनमा रहेका दलहरूले असंवैधानिक र अनैतिक काम गरेको भन्दै ओलीले निर्वाचन आयोग र सभामुखले पनि तमाशा देखाएको टिप्पणी गरे । उनले अदालतको आदेशबाट अस्वाभाविक ढंगले अस्वाभाविक उद्देश्यका लागि वर्तमान सरकार बनेको उल्लेख गर् ।

आफूले भ्रष्टचार अन्त्य गर्न प्रण गरे पनि अहिलेको सरकारले सेटिङमा अर्बौँको भ्रष्टाचारको खेल सुरु गरेको र त्यसका लागि सरकारले अहिले करको दायरा हेरफेर गरेको अध्यक्ष ओलीले बताए । अध्यक्ष उनले कर्मचारीलाई पनि सरकारले दुःख दिन सुरु गरेको तर्क गरे ।

उनले कर्मचारी राज्यको स्थायी सरकार भएको बताउँदै जुनसुकै दलको सरकार आए पनि सहयोग गर्न आग्रह गरे । विगतमा फरक दलको सरकार आउँदा कर्मचारीलाई असहयोग गर्न उर्दी गर्ने गरेको उनको भनाइ छ ।

कार्यक्रममा माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष अम्बिका धमलासहितका सदस्यहरु निजामति कर्मचारी संगठनमा समाहित भएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ५ : ०१ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका