मानवअधिकार आयोग सिफारिस गर्छ, सरकार कार्यान्वयन गर्दैन « Khabarhub

मानवअधिकार आयोग सिफारिस गर्छ, सरकार कार्यान्वयन गर्दैन


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– ओखलढुंगामा विभिन्न घटनाका २४ जना मानवअधिकार उल्लंघनकर्तामाथि कारबाही गर्न सिफारिस भए पनि अहिलेसम्म कारबाही भएको छैन ।

राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई कारबाही सिफारिस गरेका स्थानीय, प्रहरी तथा बहालवाला जनप्रतिनिधिमाथि कारबाही नभएको पाइएको छ । अनुसन्धानपछि दोषी ठहर भएका व्यक्तिमाथि कारबाहीका लागि सिफारिस गरिए पनि सरकारले कारबाही नगरेको मानवअधिकार आयोगको प्रदेश शाखा कार्यालय खोटाङले जनाएको छ ।

कारबाहीका लागि सिफारिस भएका २४ जना ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका छन् । हत्या, कुटपिट, अमानवीय व्यवहारलगायतका गम्भीर अपराधमा दोषी देखिएका व्यक्ति समाजका अगुवा, प्रहरी र जनप्रतिनिधि छन् ।

खोटाङमा हिरासतमा यातना दिएर गरिएको हत्यामा ११ जना प्रहरी दोषी देखिएका थिए । ओखलढुंगामा सुनकोसी गाउँपालिका–५ मूलखर्कका दीर्घबहादुर खत्रीलाई अपहरण गरी यातना दिने व्यक्ति वडाध्यक्ष छन् । चम्पादेवी गाउँपालिका–७ का वडाध्यक्ष सुरेश थापाको नेतृत्वमा अपहरण भएको आयोगको ठहर छ ।

सो घटनामा तत्कालीन माओवादी कार्यकर्ता इतिहास भनिने सुरेश थापा र चन्द्र प्रकाश भनिने च्वाँचे बोगटीलाई दोषी ठहर गरिएको छ । थापा एमाले प्रवेश गरेर अहिले प्रदेश कमिटी सदस्यमा सिफारिस भएका छन् ।

खोटाङको पाथेकाका किरण राईलाई हिरासतमा यातना दिएर मृत्यु भएको घटनामा दोषी ठहर भएका ११ जना प्रहरीमाथि पनि कारबाही भएको छैन । दोषी ठहरिएका सरकारी निकायका व्यक्तिलाई कारबाही नहुँदा अपराधीको मनोबल बढ्ने राष्ट्रिय मानवअधिकार आयोग प्रदेश शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेले बताए ।

१५ भदौ ०६० मा खोटाङको साविक चिसापानी गाविस–४ का देवबहादुर राई, कैलाश कार्की, धिरबहादुर कार्की र दिपक विष्टलाई अपहरणपछि हत्या गरेको आरोपमा दोषी ठहर भएका नेपाली सेनाका सुवास के।सी र नेपाल प्रहरीका मनिष मल्लमाथि पनि कारबाही भएको छैन । आयोग प्रदेश शाखा कार्यालय खोटाङको कार्यक्षेत्रमध्ये ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका गम्भीर प्रकृतिका घटनामा अनुसन्धान गरेर आयोगले कारबाही सिफारिस गरेको थियो ।

तीन जिल्लामा तीन सय २९ वटा उजुरी, २४ जना दोषी ठहर

खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र भोजपुर गरी चार जिल्ला हेर्दै आएको शाखा कार्यालय खोटाङले हाल भोजपुरबाहेक तीन जिल्लाको मानवअधिकारसम्बन्धी उजुरी हेर्दै आएको छ । हालसम्म शाखा कार्यलय खोटाङमा मानवअधिकार उल्लंघनसम्बन्धी तीन सय २९ वटा उजुरी दर्ता भएका थिए ।

तीमध्ये दुई सय ८५ उजुरी अनुसन्धान गरी पठाएकोमा २४ उजुरीमा दोषी ठहर भएको कार्यालयले जनाएको छ । दोषीमध्ये हालसम्म तीनजनालाई मात्र कारबाही भएको छ । ३७ पीडित परिवारले क्षतिपूर्तिबापत ६० लाख १४ हजार चार सय रुपैयाँ पाएका छन् । बाँकी ४४ वटा उजुरी अनुसन्धानको क्रममा रहेको काफ्लेले बताए । मानवअधिकार उल्लंघनकर्ताको सूची प्रकाशन गरेर आयोगले सरकारलाई कारबाही सिफारिस गरे पनि कारबाही भएको छैन । न्यूज कारखाना

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ६ : ३५ बजे

एमालेको ११औँ महाधिवेशन उद्घाटन भक्तपुरको सल्लाघारीमा, बन्दसत्र राष्ट्रिय सभागृहमा

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा

निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग

जसपा नेपालले सङ्घर्षका कार्यक्रम सुरु गर्दै, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्तिप्रति यो

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा भेला गर्दै

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला (सभा)