चाडबाडमा सुरक्षा योजना बनाएर लागू गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन | Khabarhub Khabarhub

चाडबाडमा सुरक्षा योजना बनाएर लागू गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले चाडबाड केन्द्रित सुरक्षा योजना बनाएर लागू गर्न मुलुकका ७७ वटै प्रहरी कार्यालय र मातहतका इकाइलाई निर्देशन दिएको छ । नजिकिँदै गरेको दशैँ, तिहार, छठ, इदलगायत चाडपर्व भयरहितरुपमा मनाउन विशेष सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन दिइएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।

“चाडपर्वमा कुनै पनि घटना हुन नपाउने गरी ठाउँअनुसारको योजना निर्माण गर्न भनेको छौँ, प्रहरी त्यसतर्फ केन्द्रित भइसक्यो”, प्रवक्ता कुँवरले भने, “कुनै जिल्ला कार्यालयले लागू पनि गरिसके र बाँकीले लागू गर्ने तयारीमा छन् ।” चाडपर्वका बेला मुख्यगरी आर्थिक गतिविधिसँगै मानिसका आवश्यकतासमेत बढ्ने हुँदा बजारमा बढी चहलपहल हुन्छ । साथीभाइ घेटघाटका गतिविधिसमेत बाक्लिदा झै–झगडा तथा आपराधिक क्रियाकलाप हुनसक्छ ।

यस्तै तीव्र गतिमा सवारी साधन चलाउने र बढी यात्रु चढाउँदा दुर्घटना हुनसक्ने खतरासमेतलाई मध्यनजर गरी सुरक्षा योजना बनाउन भनिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चोरी, अपहरण, कालोबजारी, चन्दा आतङ्कजस्ता आपराधिक क्रियाकलाप हुने भएकाले त्यस्ता गतिविधि हुन नपाउने गरी सुरक्षा योजना निर्माण गरी लागू गरिनेछ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला ९काठमाडौँ, ललितपुर र भक्तपुर० मा भने शुक्रबारदेखि नै यो योजना लागू गरिएको छ । उपत्यकामा पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरी योजना कार्यान्वयन गरिएको रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

योजनाअन्तर्गत बढी भिडभाड हुने, आर्थिक गतिविधि बढी हुने क्षेत्र, बैंक तथा वित्तीयसंस्था र यातायात क्षेत्रमा निगरानी बढाउन थालिएको छ । ठाउँठाउँमा सुरक्षा जाँचका लागि चौकी बढाउने, सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गर्ने र तत्काल परिचालन हुने (क्वीक रेष्पोन्स) टोली गठन गरिएको जनाइएको छ ।

यस्तै आकस्मिक जाँच तथा सार्वजनिक सवारी साधनमा समेत सादा पोशाकका सुरक्षाकर्मीले निगरानी गर्ने जनाइएको छ । चाडबाडमा घर फर्कने यात्रुको सुविधाका लागि ठाउँठाउँमा यात्रु सहायता कक्षा स्थापना गरी सहजीकरण गरिने र टिकटमा हुने कालोबजारी नियन्त्रणका लागि पनि प्रहरीको छुट्टै टोली परिचालन हुने जनाइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ४ : ३० बजे

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय