नक्कली नोटसहित दुईजना भारतीय नागरिक पक्राउ | Khabarhub Khabarhub

नक्कली नोटसहित दुईजना भारतीय नागरिक पक्राउ


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको औरही नगरपालिका–१ औरहीबजारमा नेपाली नक्कली नोटसहित दुई जना भारतीय पक्राउ परेका छन् ।

औरही प्रहरी चौकीको गस्ती टोलीले शुक्रबार राति एकहजार दरका २२ थान नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय सीमावर्ती बस्ती सीतामढी जिल्लाको मनपौर गाउँका २१ वर्षीय पिन्टुकुमार राय र १२ वर्षीय रितेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

बजारको फलफुल र पान पसलमा सामान किन्दा नक्कली नोट दिएको भन्ने हल्लीखल्ली भएपछि प्रहरी गस्ती टोलीले बिआर ३०७ भी ९८८७ नम्बरको भारतीय स्कुटरमा आएका दुवैलाई नियन्त्रणमा लिएको थियो ।

नक्कली नोट पसलमा दिएर बजारबाट निस्कँदै गरेको भारतीय नम्बर प्लेटको स्कुटर रोकेर जाँच गर्दा सिटमुनि डिक्कीमा हजार दरका २२ वटा नक्कली नोट फेला परेको औरही प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजेशप्रसाद यादवले जानकारी दिए । सामान्य प्रचलनमा रहेका नेपाली एक हजार दरका नोटभन्दा छाम्दा पातलो लाग्ने र रङ्गसमेत अलि फिका देखिने नोट सामान्य परख गर्नेले सजिलै छुट्याउन सक्ने उनको भनाइ छ ।

पक्राउ परेका दुवैबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ९ : ४० बजे

सभापति देउवाद्वारा पूर्वराष्ट्रपति कार्टर र पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाका पूर्वराष्ट्रपति

सरकारको काम भाडा बढाउने, व्यवसायीको काम थोत्रा गाडीमा सकुन्जेल यात्रु कोच्ने (तस्बिरहरू)

काठमाडौं- सरकारले सार्वजनिक यातायातको भाडा सोमबारदेखि लागु हुने गरी बढाएको

टाटा म्याजिक बीएस६ इटहरी शाखामा सार्वजनिक

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले इटहरी शाखाबाट टाटा म्याजिक बीएस६

सामान्य अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार

सरकार चलाउनेले अधिकार मुठ्ठीमा राख्दा संघीयता दुर्घटना पर्ने देखियो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीयतालाई बलियो बनाउनका लागि