फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलायो | Khabarhub Khabarhub

फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलायो


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोालएको छ । अमेरिका, बेलायत र अष्ट्रेलियाबीच नयाँ रक्षा सम्झौता (ओकस) भएपछि क्रुद्ध भएको फ्रान्सले आफ्ना राजदूत फिर्ता बोलाएको हो ।

अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको नयाँ रक्षा सम्झौतापछि अष्ट्रेलियाले २०१६ मा फ्रान्ससँग भएको रक्षा व्यापार सम्झौता तोडेको छ ।

सो सम्झौता अनुसार फ्रान्सबाट अष्ट्रेलियाले १२ वटा पनडुब्बी किन्ने तय भएको थियो । तर, अब अष्ट्रेलियाले अमेरिका र बेलायतको सहयोगमा परमाणु ऊर्जाले सञ्चालन हुने पनडुब्बी पाउने भएपछि फ्रान्ससँगको रक्षा सम्झौता तोडेको छ ।

फ्रान्सले ओकस सम्झौताले ‘पिठ्युँमा छुरा हानेको’ भनेको छ । अष्ट्रेलियाले रक्षा सम्झौता तोडेपछि फ्रान्सलाई झट्का लागेको छ । परम्परागत रुपमा मित्र राष्ट्र रहेका अमेरिका र फ्रान्सबीच राजदूत फिर्तालाई असमान्य मानिएको छ । अमेरिकाले फ्रान्सले राजदूत फिर्ता बोलाएपछि उसलाई मनाउन प्रयास गरिने बताएको छ । उता अष्ट्रेलियाले पनि फ्रान्सले द्वीपक्षीय सम्बन्धलाई फ्रान्सले बुझ्ने विश्वास व्यक्त गरेको छ ।

फ्रान्सले भने अमेरिका, बेलायत र अष्ट्रेलियाबीचको नयाँ रक्षा सम्झौताले हिन्द– प्रशान्त क्षेत्रमा युरोपको महत्वबारे हितबारे ध्यान नदिइएको उल्लेख गरेको छ । हिन्द–प्रशान्त महासागमा चीनको बढ्दो प्रभावलाई कम गर्न अमेरिका, बेलायत र अष्ट्रेलियाबीच ओकस सम्झौता भएको हो ।

यो सम्झौतापछि चीनले असन्तुष्टि व्यक्त गरिसकेको छ भने बेलायत र अमेरिकाले यो सम्झौता कुनै देशविरुद्ध नभएको बताएका छन्। एजेन्सी

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १० : ०० बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने