नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता « Khabarhub

नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साफ च्याम्पियनसिप फुटबलमा उपविजेता नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्किएको छ ।

सोमबार बिहान नेपाल आईपुगेको टोलीलाई त्रिभुवन विमानस्थलमा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत एन्फाका पदाधिकारी तथा खेल समर्थकले भव्य स्वागत  गरेका छन् ।

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने कुवेत प्रस्थान गरेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरी माल्दिभ्सबाट कतार हुँदै घर फर्किएका हुन् ।

कतारको दोहासम्म नेपाली टिमसँग रहेका अल्मुताइरी घर लागेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षक अल्मुताइरी केही समय परिवारसँग बिताएर नेपाल फर्कने जानकारी गराएको छ । उनी एन्फा पदाधिकारीसँग असन्तुष्ट रहदै आएका छन् ।

माल्दिभ्समा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित हुँदै उपविजेता बनेको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ११ : ४४ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ