नुवाकोट बस दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकोप्टरबाट काठमाडौँ पठाइयो « Khabarhub

नुवाकोट बस दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकोप्टरबाट काठमाडौँ पठाइयो


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नुवाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका–५ मनकामनामा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये आठजनाको अवस्था गम्भीर भएकाले थप उपचारको लागि काठमाडौँ लगिएको छ ।

किस्पाङ गाँउपालिका–१ भाल्चेबाट त्रिशूली हुँदै काठमाडौँ जान लागेको बा ४ ख ५७६२ नं को बस सोमबा बिहान मनकामना आइपुग्दा ब्रेकले काम नगरेपछि दुर्घटनामा परेको नुवाकोट प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार यात्रुले खचाखच भरिएको बस मनकामनाको धारापाखो भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

घाइते भएकामध्ये गम्भीर अवस्थाका चारजनालाई हेलिकप्टर र चार जनालाई एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको छ । बाँकी ३० जनाको त्रिशूली अस्पताल नुवाकोटमा उपचार भइरहेको छ । घाइते भएका अधिकांश बसको छतमा बसेका यात्रु रहेको प्रहरीले जनाएको छ ।

बसले नियन्त्रण गुमाउन थालेसँगै छतमा यात्रा गरिरहेका हाम्फाल्दा टाउको र खुट्टामा चोट लागेको छ ।

बसको ब्रेक नलागेपछि चालकले विपरीत दिशातर्फ मोडेर बसलाई नालीमा अड्काएका कारण ठूलो क्षति हुनबाट जोगिएको किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले बताए ।

दुर्घटनाको समयमा उक्त बसमा ५० जना भन्दाबढी यात्रु रहेको र उनीहरु दसैँ मनाएर काठमाडौँतर्फ जान लागेका थिए । रासस

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ४ : ३० बजे

एमाले महाधिवेशनको प्रारम्भिक नतिजा : सचिवतर्फ पद्मा अर्याललाई बढी मत, अरुको कति ?

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको मतगणना जारी रहँदा सचिवतर्फ प्रारम्भिक

सचिवतर्फ लोकप्रिय मत पद्माकुमारी अर्याललाई

काठमाडौं- एमालेको ११ औँ महाधिवेशनको प्रारम्भिक मतपरिणामअनुसार ९ जना सचिवका

उपमहासचिवमा लेखराज र योगेशलाई उच्च मत, आनन्द र बैजनाथ कमजोर

काठमाडौं- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको मतदानको

एमाले उपाध्यक्षतर्फ विष्णुलाई लोकप्रिय मत, गोकर्ण र बादल पनि सुरक्षित देखिए

काठमाडौं-  नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको

अध्यक्षमा ओली अगाडि, महासचिवमा टक्कर, अन्य पदमा यस्तो छ नतिजा

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको