कोरोना संक्रमणका कारण उद्योगी महर्जनको निधन « Khabarhub

कोरोना संक्रमणका कारण उद्योगी महर्जनको निधन


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्शका कार्यकारिणी सदस्य रमेश महर्जनको निधन भएको छ । कोरोना भाइरस संक्रमणका कारण उनको उपचारका क्रममा सोमबार ललितपुरको भैसेपाटीमा रहेको मेडिसिटी अस्पतालमा निधन भएको हो ।

कोभिड संक्रमणका कारण स्वास्थ्य अवस्था खराब भएपछि सोमबार बिहान मात्र महर्जनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । फोक्सोको ८० प्रतिशत भागमा संक्रमण देखिएपछि आईसीयूबाट भेन्टिलेटरमा सारेलगत्तै महर्जनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

१२ दिन अघि कोरोना भाइरस संक्रमण पुष्टि भएका महर्जनको एक सातायता मेडिसिटीमा उपचार भइरहेको थियो ।

अस्पताल भर्ना हुँदा महर्जनको फोक्सोको ६० प्रतिशत भाग संक्रमित रहेको उपचारमा संलग्न चिक्तिसकले जनाएका छन् । उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

महर्जन नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको अध्यक्ष समेत थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ४ : ४० बजे

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो