६५ हजार रुपैयाँ भन्दाबढी नक्कली नोटसहित ५ जना पक्राउ « Khabarhub

६५ हजार रुपैयाँ भन्दाबढी नक्कली नोटसहित ५ जना पक्राउ


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महानगरीय प्रहरी बृत बौद्धबाट खटिएको टोलीले ६५ हजार रुपैयाँ भन्दाबढी नक्कली नोटसहित ५ जना पक्रेको छ।

इन्द्रावती गाउँपालिका ८ सिन्धुपाल्चोकी ६५ वर्षीया गोमा श्रेष्ठ, सोही ठाउँकी ४१ वर्षीया पुष्पा थापा मगर, रामेछापको शिरुवारी गाउँपालिका २ का २६ वर्षीय समरोज थापा मगर, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २ का १९ वर्षीय चिरञ्जिवी जोती र सोही ठाउँका २३ वर्षीय सुजन जोती पक्राउ परेको जनाइएको छ ।

उनीहरुको साथबाट ६५ हजार ३६५ रुपैयाँ नक्कली नोट र नक्कली नोट छाप्न प्रयोग गरिने उपकरणहरु समेत प्रहरीले बरामद गरेको छ। उनीहरुले १०० दरका १५०० थान नोटहरु बजारमा पठाइसकेको खुलेको छ।

गोकर्णेश्वरको दक्षिणढोकामा केही व्यक्तिले नक्कली नोटबाट सामान खरिद गर्न लागेको सूचनाका आधारमा प्रहरीले खोजतलास थाल्दा गोमा श्रेष्ठलाई शंकास्पद अवस्थामा फेला पारेको थियो।

 

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ७ : ५५ बजे

एनआरएनए र अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को कठिन घडीमा गैरआवासीय नेपाली

स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २ अर्ब ६ करोडभन्दा बढीको दावी भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले देशभरका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान