नगरकोट सडकखण्ड आठ वर्षदेखि अलपत्र | Khabarhub Khabarhub

नगरकोट सडकखण्ड आठ वर्षदेखि अलपत्र

सडकलाई लिएर एमाले र कांग्रेसबीच आरोप-प्रत्यारोप


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– पर्यटकीय गन्तव्यको रूपमा परिचित नगरकोट सडकखण्ड विगत आठ वर्षदेखि अलपत्र छ ।

संघीय सरकारको बजेटबाट सडकको स्तरोन्नतिका लागि आठ वर्षअघि शैलुङ कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । तर सम्झौता भएको लामो समय समय बितिसक्दा पनि सडक निर्माणले गति लिन सकेको छैन ।

सडक बन्न नसक्दा स्थानीय मात्रै नभई पर्यटकसमेत सास्ती भोगेर यात्रा गर्न बाध्य छन् । हिउँदमा धुलो र वर्षामा हिलो सहँदै आएका स्थानीयले सडक निर्माणका लागि सरोकारवाला निकायलाई झकझकाउन कहिले सडक बन्द त कहिले मन्त्रालयमा पत्राचार गर्दै आएका छन् । तर पछिल्लो समय सो सडकलाई राजनीतिक दृष्टिकोणबाट हेर्न थालिएको छ ।

चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ नगरकोट र ७ खरिपाटीमा पर्ने सडकखण्ड निर्माणको विषयलाई पछिल्लो समय नेपाली कांग्रेसका नेता र एमाले प्रतिनिधिले एकअर्कामा आरोप-प्रत्यारोप गर्न थालेका छन् । सडक निर्माणका लागि आर्थिक वर्ष २०७०-७१ मा सम्झौता भएको थियो । लामो समयसम्म सडक नबनेपछि कमलविनायक-नगरकोट सडक निर्माण दबाब समिति नै गठन गरिएको थियो । सोही समितिमार्फत सडक निर्माण सम्पन्न गर्न दबाब दिइँदै आएको छ ।

समितिका संयोजक राजकुमार लामिछानेले विरोध गर्दा ठेकेदार कम्पनीले केही काम गरेको जस्तै गर्ने र विस्तारै निर्माण कार्य नै अलपत्र छाडेर हिँड्ने प्रवृत्ति देखिएको बताए । ‘सडक निर्माण कार्य सम्पन्न हुन नसक्दा स्थानीय मात्रै नभई पर्यटक पनि प्रभावित भएका छन् । सडकको दयनीय अवस्थाले नगरकोट जाने पर्यटकको संख्यामा समेत कमी आएको छ’, उनले भने ।

सडक निर्माण चाँडै सम्पन्न गर्न प्रदेश मन्त्री कृष्णलाल भँडेलले तीव्र रूपमा काम गर्न निर्देशन दिएका छन् । तर मन्त्रालय वा विभागले केही चासो देखाएर सडकको निर्माण कार्य तीव्र गरे पनि काममा ढिलासुस्ती भएको स्थानीयको आरोप छ ।

करिब १५ किलोमिटर रहेको सडकखण्ड फराकिलो बनाउन सडक भत्काइएको थियो । सोहीअनुरूप दुई लेन अर्थात् सात मिटर हुने गरी सडकको कालोपत्रे भइरहेको छ । एक क्षेत्रको नौ किलोमिटर सडक कालोपत्रे भए पनि अझै चार किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । अबको दुई महिनाभित्र सडक निर्माण कार्य भइसक्ने दाबी निर्माण कम्पनीको छ ।

भक्तपुर-नगरकोट सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले एक-दुई महिनाभित्र निर्माण सम्पन्न गर्नक आवश्यक जनशक्ति, उपकरण र निर्माण सामग्री पर्याप्त हुनुपर्ने ले बताए ।

एमाले र कांग्रेसबीच आरोप-प्रत्यारोप

लामो समयदेखि बेवारिसे बन्दै आएको सडक निर्माणका विषयमा हाल एमाले र कांग्रेसका जनप्रतिनिधिबीच आरोप-प्रत्यारोप चलेको छ । बागमती प्रदेशका भौतिकमन्त्री कृष्णलाल भँडेलले एमालेका नेता वा प्रतिनिधिका कारण नगरकोट क्षेत्रको सडक बन्न नसकेको आरोप लगाएका छन् । तर एमाले प्रतिनिधिले भने सडक विकासमा कुनै राजनीति नभएको भन्दै मन्त्री भँडेलको आरोपको खण्डन गरेको छ ।

एमाले चाँगुनारायण नगर कमिटीका अध्यक्ष रामप्रसाद तिमल्सिनाले मन्त्री भँडेलले आफ्नो पार्टीविरुद्ध झुटाे आरोप र स्तरहीन गालीगलौज गरेको आरोप लगाएका छन् ।

‘नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी, शान्तिपूर्ण जनक्रान्तिको सम्बाहक, संविधान निर्माणको निर्णायक शक्ति, राष्ट्रियता, जनजीविका र सामाजिक न्यायका लागि सञ्चालित आन्दोलनको मुख्य परिचालक शक्ति हुनुको नाताले एमाले चाँगुनारायण नगर कमिटी सधै जनतासँगै हातेमालो गर्दै समृद्ध चाँगुनारायण निर्माणमा हरपल क्रियाशील छ’, एमाले विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ११ : ५० बजे

मध्यभोटेकोशी आयोजनाबाट एक महिनाभित्र १०२ मेगावाट बिजुली

काठमाडौं – चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२

अपाङ्गता भएकाहरूलाई घरमै नागरिकता

तेह्रथुम– जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर

आशा लघुवित्तले १५ प्रतिशत बोनस दिने 

काठमाडौं– आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर धनीलाई  १५ प्रतिशत

वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग

काठमाडौं– अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन), विश्व वातावरण कानुन आयोगले

सञ्जीवनी फुटसल प्रतियोगिता : फस्ट स्टेप काठमाडौं च्याम्पियन 

सुनसरी– तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगिताको ओपन रिकभरिङ्गतर्फको उपाधि