केपी ओली विश्वकै उत्कृष्ट नेता हो: प्रभु साह « Khabarhub

केपी ओली विश्वकै उत्कृष्ट नेता हो: प्रभु साह


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले एमाले अध्यक्ष केपी ओली विश्वकै उत्कृष्ट नेता रहेको बताएका छन् ।

बिहीबार आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता साहले विश्वका सर्वहारा वर्गले केपी शर्मा ओलीमाथि गर्व गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री ओली राष्ट्रवादी, स्वाभिमानी एवम् दुरगामी सोच भएको नेता रहेको बताउँदै उनले मुलुकलाई समृद्ध बनाउने मौलिक दिशासमेत ओलीसँग रहेको बताए । विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक़ रहेको चुनौतीपूर्ण अवस्थामा केपी ओलीजीले नेपालमा कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाई दिएको नेता साहको भनाइ छ ।

‘संसारका जुनसुकै देशका नेताहरूले आफ्नो मुलुकको स्वाधीनता एवम् राष्ट्रियताको रक्षा गर्न प्रतिबद्ध हुन्छ । तर नेपालको जुन प्रकारको भुगोल छ, हाम्रो देश दुई विशाल महाशक्ति राष्ट्रहरूको बीचमा अवस्थित छ । दुवै देशसहित विश्वभरको शक्ति सन्तुलन गर्दै आफ्नो मुलुकको राष्ट्रियता र स्वाभिमानको रक्षा गर्न उहाँले जुन प्रकारले सक्षमता देखाउनु भएको छ । दुनियाँको कुनै पनि देशमा यस्तो देखिएको छैन ।’

‘अध्यक्ष ओलीकै नेतृत्व भएकोले मात्र वर्षोदेखि गुमेको नेपाली भुमीसहितको नेपालको नक्सा सार्वजनिक गर्दै हाम्रो भुभागलाई फिर्ता लिने कार्यको थालनी भएको हो । जो नेपालको इतिहासमा नयाँ हो,’ नेता साहले भने ।

नेता साहले मुलुकमा समाजवादी शासन स्थापना गर्न समेत केपी ओलीको विकल्प नरहेको समेत बताए ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  १ : ५६ बजे

युवा मतदाताको रोजाइ : सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

म्याग्दी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति

चार नेपाली क्रिकेटरको आईसीसी वरीयता सुधार : कसले कति अंक सुधार गरे ?

काठमाडौं – नेपालका चार जना क्रिकेटरले आईसीसीको वरीयतामा सुधार गरेका

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

काठमाडौं– स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन– चितवनको गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको

स्वास्थ्य बीमावापत एक लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत्

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ