अन्तर्राष्ट्रिय

आँधीपछि क्यानाडामा संकटकाल

By खबरहब

November 18, 2021

काठमाडौँ– क्यानाडाको पश्चिमी प्रान्त कोलम्बियामा संकटकाल घोषणा गरिएको छ ।

आँधीपछि सडक र रेल मार्ग अवरोध हुँदा संकटकाल घोषणा गरिएको हो ।

कोलम्बियामा मंगलबार राति ठूलो आँधी आएको थियो । आँधीपछिको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका थिए ।

आँधीका कारण देशको सबैभन्दा ठूलो बन्दरगाह भ्यानकुभरसम्म पुग्ने बाटो अवरुद्ध छ । विपद् प्रभावित क्षेत्रका बासिन्दाको सहयोगका लागि ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।