राजनीति

अमेरिकी सहायक उपमन्त्री किडरलिङ काठमाडौँमा

By खबरहब

November 18, 2021

काठमाडौँ– अमेरिकी सहायक उपविदेशमन्त्री केली किडरलिङ नेपाल भ्रमणको क्रममा बिहीबार काठमाडौंमा आइपुगेकी छिन् । दुई दिनमा काठमाडौँ आउने उनी दोस्रो उच्च अमेरिकी अधिकारी हुन् ।

यसअघि बुधबार दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्री विदेशमन्त्री डोनाल्ड लू काठमाडौँ पुगेका थिए ।

सहायक उपमन्त्री किरलिङलाई त्रिभुवन विमानस्थलमा अमेरिकी राजदूत र्‍यान्डी बेरीसहित अमेरिकी दूतावासका अधिकारीले स्वागत गरेका थिए । किडरलिङले नेपालका राजनीतिक नेतृत्वसहित नागरिक समाजका प्रतिनिधिलाई समेत भेट्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।