अल्का आईभीएफ सेन्टरले थप सुविधासहित सेवा विस्तार गर्ने « Khabarhub

अल्का आईभीएफ सेन्टरले थप सुविधासहित सेवा विस्तार गर्ने


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले थप सुविधासहित आईभीएफ सेवा विस्तार गरेको छ । अत्याधुनिक ल्यावसहित अल्का अस्पतालले अल्का आईभीएफ सेन्टर संचालनमा ल्याएको हो।

‘हामीले, बिशेषज्ञहरु भित्र्याएर अल्का आईभीएफ सेन्टर संचालनमा ल्याएका छौं,’ अस्पतालका अध्यक्ष कुमार थापाले भने, ‘कसरी हुन्छ सेवाग्राहीलाई सहज र सुलभ तरिकाबाट सेवा दिन हामीले थप सुविधासहित ल्याएका छौँ।’

‘विभिन्न कारण सन्तान नभएकाहरुलाई सेवा दिन आधुनिक उपकरणले हामी सक्षम छौँ,’ अध्यक्ष थापाले भने। थापाले नयाँ बिशेषज्ञहरुको टिमले अल्का आईभीएफ सेन्टरलाई थप उचाइँमा लैजाने विश्वास ब्यक्त गरे ।

अल्का अस्पतालले सेवाग्राहीहरुलाई आईभीएफ सेवा अन्य अस्पतालहरुको तुलनामा शुलभ दरमा दिइने प्रतिबद्धता जनाएको छ।

मंसिर १ गतेदेखि बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म अस्पतालले आईभीएफ सेवा विस्तार गरेको छ। अल्का आईभीएफ सेन्टरबाट टेष्ट ट्युक बेबीका साथै स्त्री रोग तथा प्रसुति सेवा पनि प्रदान गरिने अस्पतालले जनाएको छ।

के हो त आईभीएफ

कृत्रिम गर्भाधान इन व्रिटो फर्टिलाईजेशन आईभीएफ महिलाहरूमा कृत्रिम गर्भाधान गराउने स्वास्थ्य विज्ञानको एक प्रविधि हो।

यसलाई बाँझोपन कम गर्ने प्रभावकारी प्रविधि मानिन्छ। यस प्रक्रियामा कुनै महिलाको अण्डाशयबाट अण्डालाई अलग गरेर त्यसलाई टेष्ट ट्युबमा शुक्राणुसँग निशेचित गराइन्छ।

यसपछि निषेचित अन्डा महिलाको गर्भाशय मा राखिन्छ। विश्वमा पहिलो पल्ट यस प्रक्रिया को प्रयोग बेलायतमा पैट्रिक स्टेपो र रबर्ट एडवर्डस ले गरेका थिए।

उनीहरूको यस प्रक्रिया ले जन्मेको बच्चाको नाम लुईस ब्राउन थियो जसको जन्म २५ जुलाई, १९७८ मा मेनचेस्टरमा भएको थियो।

आज यो प्रविधि निसन्तान दम्पत्तीहरूको लागि एक नयाँ आश को किरण भएको छ। नेपालमा टेष्ट ट्युब बेबीको प्रविधि २०६० सालतिर भित्रिएको हो।

नेपालको पहिलो टेष्ट ट्युब बेबी चाहीँ ओममणी तामाङ हो। उनको २०६१ साल फागुन २० गते जन्म भएको थियो।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ५ : ५६ बजे

युवा मतदाताको रोजाइ : सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

म्याग्दी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति

चार नेपाली क्रिकेटरको आईसीसी वरीयता सुधार : कसले कति अंक सुधार गरे ?

काठमाडौं – नेपालका चार जना क्रिकेटरले आईसीसीको वरीयतामा सुधार गरेका

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

काठमाडौं– स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन– चितवनको गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको

स्वास्थ्य बीमावापत एक लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत्

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ