सवारी ज्यान मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ « Khabarhub

सवारी ज्यान मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– सवारी ज्यान मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत बर्दियाले २०७६ जेठ १ गते सवारी ज्यान मुद्दामा दोषी ठहर गर्दै ६ दिन कैद र २ हजार जरिवाना सुनाएपछि फरार रहेका एक जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको हो ।

ठाकुरबाबा नगरपालिका वडा नं ८ सुखाड बस्ने प्रेम गाहा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै बर्दिया जिल्ला अदालत गुलरियाकै मिति २०७८।०५।१५ गतेको फैसला आदेशले १ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना सजाय तोकिएका फरार प्रतिवादी ठाकुरबाबा नगरपालिका वडा नं १ भुरीगाँउ बस्ने महेश आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

दुबैजनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएका छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ९ : ३१ बजे

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी