बारको आन्दोलनमा बल प्रयोग नगर्न मानवअधिकार आयोगको आग्रह « Khabarhub

बारको आन्दोलनमा बल प्रयोग नगर्न मानवअधिकार आयोगको आग्रह


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एशोसिएशनको आन्दोलनमा प्रहरी हस्तक्षेप नगर्न राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै बार एशोसिएशनले शान्तिपूर्ण आन्दोलन गरिरहेको छ ।

बिहीबार सर्वोच्च अदालत परिसरमा प्रहरीले बारको आन्दोलनमा लाठी चार्ज गरेको थियो । प्रहरीको लाठी प्रहारबाट बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित अधिवक्ताहरु प्रकाश महर्जन, गोपाल सापकोटा, रमण कर्ण र कपिलचन्द्र पोखरेललगायत घाइते भएका थिए ।

बारको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेपछि आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानुन विपरीतको कार्य भएको भन्दै छानबिन गरी दोषी देखिएकालाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

आयोगले बारको नेतृत्वमा भइरहेको आन्दोलनको आयोगले मानव अधिकारको दृष्टिकोणबाट निरन्तर अनुगमन गरिरहेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  १० : ५७ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी